टेकपाना
साउन ३०, २०७९
काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ह्वावेले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन ‘मेटा एक्स थ्री’ आउँदो डिसेम्बरमा सार्वजनिक गर्ने भएको छ ।
गएको अप्रिलमा ‘मेटा एक्सएस टु’ सार्वजनिक गरेको कम्पनीले सोही सिरिजअन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीले आफ्नो छैटौँ फोल्डेबल फोनको रुपमा ‘मेट एक्स थ्री’मा काम गरिरहेको जनाइएको छ ।
चिनियाँ टिपस्टरले ह्वावेको नयाँ स्मार्टफोनका बारेमा केही महत्वपूर्ण जानकारी समेत बाहिर ल्याएको छ ।
स्मार्टफोन सँगै कम्पनीले फ्रिबड्स फाइभ, सेमि–इन–इयर हेडफोन समेत सार्वजनिक गर्ने तयारी गरिरहेको उल्लेख छ ।
टिपस्टरका अनुसार यो फोन सस्तो मूल्यमा उपलब्ध हुनेछ । भने, यो मेटका अघिल्लो संस्करणको तुलनमा हलुका र पातलो हुनेछ ।
तर, दु:खको कुरा ह्वावेको नयाँ मेट सिरिजमा समेत फाइभजी सपोर्ट गर्नेछैन । यसको अर्थ मेट थ्रीमा फोरजीमात्रै चल्नेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९