close

भन्सार कार्यालयका बिग्रेका गाडीलाई बिजुली गाडीमा रूपान्तरण गर्दै आविष्कार केन्द्र

टेकपाना टेकपाना

साउन ३०, २०७९ १३:४२

भन्सार कार्यालयका बिग्रेका गाडीलाई बिजुली गाडीमा रूपान्तरण गर्दै आविष्कार केन्द्र

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले त्रिभुवन विमानस्थल, भन्सार कार्यालयले उपलब्ध गराएका गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने भएको छ ।

आविष्कार केन्द्रले यसभन्दा अघि नेपाली सेनाबाट उपलब्ध गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गरिसकेकाे छ ।

केन्द्रका अध्यक्ष महावीर पुनले भन्सार कार्यालयबाट उपलब्ध गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने जानकारी दिएका छन् ।

त्यसबाहेक आफूहरूले हाल भक्तपुर नगरपालिकाको मिनी-ब्रुमर, काठमाडौं महानगरपालिकाको पुरानो मर्सिडिजसमेत मर्मत गरिरहेको उनले जानकारी दिए ।

राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाको अवधिमा ३० ओटाभन्दा बढी अस्पतालहरूको ५४ वटा भेन्टिलेटर, ८ ओटा डायलाेसिस मसिनसहित करिब ५०० ओटा विभिन्न मेडिकलका सामानहरू मर्मत गरेको जानकारी दिएका छन् ।

अध्यक्ष पुनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “अस्पतालको सामान मर्मत गर्ने काममा पनि भर्खरै बायोमेडिकल इन्जिनियरिङ पढेर पास भएका र पढ्दै गरेका थुप्रै भाइबहिनीहरूले काम सिक्ने मौका पाएका थिए । कलेजमा पढ्दा उनीहरूले कहिले पनि यसरी साँच्चिकैको सामानहरू खोलेर अध्ययन गर्ने मौका पाउँदैनन् । यसरी कवाडी र बिग्रेका सामानहरूलाई मर्मत गर्ने क्रममा उनीहरु दक्ष इन्जिनियर बन्ने मौका पाउँछन् ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३