ट्रेन्डिङ:
मेसेन्जरमा यसरी गर्नुहोस् नयाँ तरिकाबाट गोप्य च्याट कोडिङमा रूचि राख्नेहरूका लागि भरतपुरमा राष्ट्रिय स्तरको ह्याकाथन हुँदै आईटी विद्यार्थीलाई जापानी कम्पनीमा इन्टर्नशिप गर्ने मौका आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल स्मार्टफोनले अब डीएसएलआर क्यामेरालाई विस्थापन गर्छ:  क्वालकम ट्वीटरमा अब आफ्नो मेन्सन हटाउन मिल्ने आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या !
close

मेसेन्जरमा यसरी गर्नुहोस् नयाँ तरिकाबाट गोप्य च्याट

टेकपाना टेकपाना

साउन ३०, २०७९

मेसेन्जरमा यसरी गर्नुहोस् नयाँ तरिकाबाट गोप्य च्याट

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले गोप्य कुराकानी गर्न ‘सेक्रेट कन्भर्सेसन’ फिचरमार्फत प्रयोगकर्तालाई इन्ड-टु-इन्ड इन्क्रिप्सन सेवा दिइरहेको छ ।

यसका लागि प्रयोगकर्ताले आफूले गोप्य कुरा गर्न चाहेको व्यक्तिसँग छुट्टै ‘सेक्रेट कन्भर्सेसन’को च्याटबक्स क्रियट गर्नुपर्ने हुन्छ । तर कम्पनीले अब फेसबुकमा गोप्य कुराकानीलाई थप सहज बनाउने भएको छ ।

कम्पनीले फेसबुक मेसेन्जरमा डिफल्ट फिचरको रुपमा इन्ड-टु-इन्ड इन्क्रिप्सन सेवा दिनका लागि परीक्षण गरिरहेको छ । कम्पनीले यही हप्तादेखि केही सीमित प्रयोगकर्तामाझ यो फिचरको परीक्षण गर्ने बताएको छ ।

डिफल्ट रुपमा उपलब्ध हुने इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचरले प्रयोगकर्तालाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको बुझाइ छ । यो फिचरमा कम्पनी आफैँले पनि प्रयोगकर्ताको कुराकानीको कुनै पनि रेकर्ड राख्नसक्ने छैन ।

साथै यस्तो प्रकारको कुराकानी कुनै ह्याकरले ह्याक गर्न कठिन हुने बताइएको छ । त्यस्तै यो फिचरले डिजिटल कुराकानीलाई सुरक्षित पनि बनाउने कम्पनीको भनाइ छ ।

मेसेन्जरमा कसरी इन्ड-टु-इन्ड इन्क्रिप्सन सुरु गर्ने ?

इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचरलाई गोप्य कुराकानी अर्थात् सेक्रेट कन्भरसेसनको नाम दिइएको छ । फेसबुक मेसेन्जरमा कुनै पनि व्यक्तिसँग गोप्य कुराकानी गर्नुपर्‍यो भने तलको प्रकिया अपनाउन सक्नुहुन्छ ।

-सबैभन्दा पहिले फेसबुक मेसेन्जरमा जानुहोस् ।

-त्यसपछि गोप्य कुराकानी गर्न चाहेको वा भनौं इन्ड-टु-इन्ड इन्क्रिप्सन सुचारु गर्न चाहेको व्यक्तिको च्याट खोल्नुहोस् ।

-अब माथि बायाँपट्टि रहेको प्रोफाइलको आइकनमा थिच्नुहोस् ।

-त्यसपछि गो टु सेक्रेट कन्भर्सेसनमा थिच्नुहोस् ।

-अब च्याटको नयाँ इन्टरफेस देखिन्छ ।

-त्यसपछि आफूले गर्न चाहेको गोप्य कुराकानी सुरु गर्नुहोस् ।

-उक्त च्याट केही समयको अन्तरालमा हराउँछ ।

इन्ड-टु-इन्ड इन्क्रिप्सन सुरू गर्ने अर्को तरिका

गोप्य कुराकानी मात्र मेसेन्जरको इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर होइन । मेसेन्जरमा इन्ड-टु-इन्ड इन्क्रिप्सनका लागि ‘भेनिस मोड’ समेत रहेको छ ।

मेटाले यो फिचर नोभेन्बर २०२० मा प्रयोगकर्तालाई स्न्यापच्याटको जस्तो अनुभव दिनका लागि सार्वजनिक गरेको थियो । जसका माध्यमबाट च्याट सकिएपछि मेसेज स्वतः गायब हुन्छ ।

मेसेन्जरमा ‘भेनिस मोड’मार्फत कुराकानी गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले फेसबुक मेसेन्जर खोल्नुहोस् ।
  • त्यसपछि आफूले ‘भेनिस मोड’मार्फत इन्ड-टु-इन्ड इन्क्रिप्सन सुरु गर्न चाहेको व्यक्तिको च्याट खोल्नुहोस् ।
  • त्यसपछि मेसेज बक्सबाट स्वाइप अप गर्नुभयो भने मेसेन्जरमा ‘भेनिस मोड’ खुल्छ ।