close

शिक्षा सेवा आयोगको परीक्षामा टिकटक बनाउने परीक्षार्थीलाई कारबाही

टेकपाना टेकपाना

साउन ३०, २०७९ २०:५२

शिक्षा सेवा आयोगको परीक्षामा टिकटक बनाउने परीक्षार्थीलाई कारबाही

काठमाडौं । शिक्षा सेवा आयोगको परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडिओ बनाई टिकटकमा राख्ने एक परीक्षार्थी कारबाहीमा परेका छन् ।

गत शनिबार कैलालीमा भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा भिडिओ बनाई सामाजिक सञ्जालमा राखेको भन्दै आयोगले विनोद बम्मलाई कारबाही गरेको हो ।

एक सूचना प्रकाशित गर्दै आयोगले उनको अध्यापन अनुमतिपत्रको दर्खास्त रद्द गरिएको जानकारी दिएको छ ।

साथै बम्बले आयोगबाट सञ्चालन हुने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सामेल हुन नपाउने गरी दुई वर्षसम्मका लागि रोक लगाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३