close

कस्तो छ नेपालकै सस्तो मूल्यको इन्टरनेट ?

टेकपाना टेकपाना

साउन ३१, २०७९ ८:९

कस्तो छ नेपालकै सस्तो मूल्यको इन्टरनेट ?

काठमाडौं । नयाँ इन्टरनेट सेवा प्रदायकका रुपमा दुई महिनाअघि सुरु भएको ‘वाई-फाई नेपाल’ अहिले सेवा विस्तारमा अग्रसर भइरहेको छ । इन्टरनेट स्पिड वारको प्रतिस्पर्धा चलिरहेको बेला यो कम्पनीले सबैभन्दा सस्तो प्याकेज ल्याएको छ ।

यसअन्तर्गत ३० र ५० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराइएको छ । वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपैयाँमा ३० एमबीपीएस र पाँच हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ ।

त्यसैगरी ३० एमबीपीएसको तीन महिने प्याकेज ११०० रुपैयाँमा र छ महिने प्याकेज २१०० रुपैयाँमै पाउन सकिनेछ भने ५० एमबीपीएसको तीन महिने प्याकेजका लागि १५०० रुपैयाँ र छ महिने प्याकेजका लागि तीन हजार रुपैयाँ पर्नेछ ।

एक महिनाको मात्र शुल्क तिरेको हकमा भने ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याटबाहेक ४०० रुपैयाँ र ५० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेजको मूल्य भ्याटबाहेक मासिक ५५० रुपैयाँमा उपलब्ध हुनेछ ।

आज हामी वाईफाई नेपालको इन्टरनेट कस्तो छ भनेर यस भिडिओमार्फत चर्चा गर्दैछौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३