ट्रेन्डिङ:
युट्युबबाटै अब नेटफ्लिक्स र अमेजन प्राइम सब्सक्राइब गर्न सकिने ! आईटी विद्यार्थीलाई जापानी कम्पनीमा इन्टर्नशिप गर्ने मौका प्रधानमन्त्रीका आईटी सल्लाहकार विष्ट विद्युतीय सुशासन आयोगको सीईओमा नियुक्त इन्टरनेट अवरुद्ध नहुने व्यवस्था मिलाउन निर्वाचन आयोगको निर्देशन किशोरकिशोरीले केही समय इन्स्टाग्राम नचलाउन् भन्ने चाहन्छ फेसबुक उड्ने बाइकको सफल परीक्षण, मूल्य झन्डै १० करोड नेटफ्लिक्स, अमेजन जस्ता कम्पनीले इन्टरनेट डेटा खपतको लागत टेलिकम कम्पनीलाई तिर्नुपर्ने ! ह्वावे मेट ५० सिरिज अब विश्व बजारमा युट्युबरसँगै अवैध सट्टेबाजी वनएक्स बेटको ‘प्रमोसन’ गर्दै हास्य टेलिसिरियल सक्किगोनि कस्तो प्रविधि हो आईफोन १४ मा आएको ‘फोटोनिक इन्जिन’ ?
close

युट्युबबाटै अब नेटफ्लिक्स र अमेजन प्राइम सब्सक्राइब गर्न सकिने !

टेकपाना टेकपाना

साउन ३१, २०७९

युट्युबबाटै अब नेटफ्लिक्स र अमेजन प्राइम सब्सक्राइब गर्न सकिने !

काठमाडाैं । अब युट्युबबाट विभिन्न भिडिओ स्ट्रिमिङ प्लेटफर्महरू खरिद गर्न सकिने भएको छ । स्ट्रिमिङ प्लेटफर्महरूलाई एकै ठाउँबाट खरिद गर्न सकिनेगरी युट्युबले आफ्नो नयाँ प्लेटफर्म ‘च्यानल स्टोर’ ल्याउन लागेकाे छ ।

हाल युट्युबमा विभिन्न स्ट्रिमिङ प्लेटफर्महरूमा आउने सामग्रीका ट्रेलरहरू निःशुल्क रुपमा हेर्न सकिन्छ । तर अब भने यसलाई आम्दानीको बाटो बनाउनेतिर युट्युब लागेको छ ।

युट्युबकाे ‘च्यानल स्टाेर’ले प्रयाेगकर्तालाई युट्युब एपमार्फत व्यक्तिगत स्ट्रिमिङ सेवाहरू छनाेट र खरिद गर्न अनुमति दिनेछ।

यसका लागि कम्पनीले विभिन्न स्ट्रिमिङ सेवा दिइरहेको कम्पनीहरूसँग सहकार्यको लागि सम्झौता पनि गरिरहेको बताइएको छ ।

युट्युब टिभी सेवाले ६५ डलर प्रति महिनामा ८० भन्दा बढी च्यानलहरू प्रदान गर्ने बताएको छ ।

धेरै स्ट्रिमिङ सेवाहरुका छुट्टाछुट्टै सदस्यता लिनुभन्दा युट्युबकाे ‘च्यानल स्टाेर’ कतै न कतै बढी सुविधाजनक हुनसक्छ ।

यो नयाँ याेजनाले सैद्धान्तिक रूपमा छुट्टै स्ट्रिमिङ अकाउन्टहरू र भुक्तानी प्रमाणहरूको आवश्यकता कम गर्छ । साथै प्रयोगकर्ताले गुगल अकाउन्टमार्फत नै सदस्यताका लागि भुक्तान गर्न पनि सक्नेछन् ।