काठमाडौं । अब स्थानीय तहबाट पनि कोरोना भाइरसको खोप लगाएको क्यूआर सहितको प्रमाणपत्र लिन सकिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै अनलाइनबाट आवेदन दिएर विद्युतीय खोप प्रमाणपत्र आउन ढिला भएमा अथवा केही प्राविधिक समस्या आएमा स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।
खोप प्रमाणपत्र प्रमाणीकरण गराउने क्रममा कुनै प्राविधिक समस्या आए भौतिक रुपमा आफूले खोप लगाएको स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिने भएकाे हाे ।
‘जोन्सन एण्ड जोन्सनको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा लगाएको स्थानीय तहको स्वास्थ्य शाखा सम्पर्क राखी क्यूआर कोड सहितको खोप प्रमाणपत्र लिनुहोला,’ सूचनामा भनिएको छ ।