ट्रेन्डिङ:
अब स्थानीय तहबाटै क्यूआर सहितको खोप प्रमाणपत्र लिन सकिने टेलिकमको नयाँ सिमकार्ड किन्नेलाई ब्यालेन्ससँगै ६० एमबी डेटा, ४० मिनेट टकटाइम अनि २० एसएमएस करिब ६० प्रतिशतले प्रयोग गर्छन् सञ्चय कोषको अनलाइन सेवा यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? जरिवानामा परेपछि कुकिजका लागि ‘रिजेक्ट अल अप्सन’ ल्याउँदै गुगल  एन्ड्रोइड डिभाइसमा यसकारण चाहिन्छ भीपीएन फोनमा राखेको प्याटर्न बिर्सनुभयो ? यस्तो छ अनलक गर्ने सहज तरिका कहिले आउला एप्पलको एआर हेडसेट ? करिब १९ घण्टापछि प्ले स्टोरमा फर्कियो ईसेवा उत्कृष्ट ५ नेपाली ट्राभल भ्लगर, भिडियो हेर्दै गर्नुहोस् दशैं बिदाको सदुपयोग
close

अब स्थानीय तहबाटै क्यूआर सहितको खोप प्रमाणपत्र लिन सकिने

टेकपाना टेकपाना

साउन ३१, २०७९

अब स्थानीय तहबाटै क्यूआर सहितको खोप प्रमाणपत्र लिन सकिने

काठमाडौं । अब स्थानीय तहबाट पनि कोरोना भाइरसको खोप लगाएको क्यूआर सहितको प्रमाणपत्र लिन सकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै अनलाइनबाट आवेदन दिएर विद्युतीय खोप प्रमाणपत्र आउन ढिला भएमा अथवा केही प्राविधिक समस्या आएमा स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

खोप प्रमाणपत्र प्रमाणीकरण गराउने क्रममा कुनै प्राविधिक समस्या आए भौतिक रुपमा आफूले खोप लगाएको स्थानीय तहको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिने भएकाे हाे ।

‘जोन्सन एण्ड जोन्सनको हकमा एक मात्रा लगाएको र अन्य खोपको हकमा दोस्रो मात्रा लगाएको स्थानीय तहको स्वास्थ्य शाखा सम्पर्क राखी क्यूआर कोड सहितको खोप प्रमाणपत्र लिनुहोला,’ सूचनामा भनिएको छ ।