काठमाडौं । सनवे कलजेले नेपालमै पहिलाे पटक स्नातक तहमा डेटा साइन्स विषय पढाउने भएको छ । बेलायतको बर्मिङघम सिटी विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले यो चार वर्षे शैक्षिक कार्यक्रम ल्याएको हो ।
पछिल्लो समय विश्वभर डेटा साइन्सप्रति विद्यार्थीको आकर्षण बढेको अवस्थामा नेपालमा पनि यो कार्यक्रम सुरू गरिएको कलेजका एकेडेमिक डाइरेक्टर प्रमोद पौडेलले जानकारी दिए ।
याे डिग्रीले उद्याेगको माग अनुसार विद्यार्थी उत्पादन गर्ने उनकाे दाबी छ ।
साेही विश्वविद्यालयसँगको सहकार्यमा कलेजले चाँडै नै बीए (अनर्स) इन मार्केटिङ विथ डिजिटल कम्युनिकेसन कोर्ष पनि ल्याउन लागेकाे उनले जानकारी दिए ।