ट्रेन्डिङ:
रेड्मी नोट ११ प्रो किन्न चाहनुहुन्छ ? यस्तो छ मूल्य र फिचर ड्राइभर अपडेट नहुँदा पनि स्लो हुन्छ इन्टरनेट, कसरी गर्ने समाधान ? करिब ६० प्रतिशतले प्रयोग गर्छन् सञ्चय कोषको अनलाइन सेवा दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका अन्तरिक्षमा के गर्छन् अन्तरिक्षयात्री ? यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट कसले एक्सेप्ट गरेन ? यस्ताे छ थाहा पाउने सजिलाे तरिका यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? नेपाली टिम हाइ भोल्टेज बन्यो पब्जी मोबाइल प्रो लिग साउथ एसिया फलको विजेता
close

रेड्मी नोट ११ प्रो किन्न चाहनुहुन्छ ? यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

साउन ३१, २०७९

रेड्मी नोट ११ प्रो किन्न चाहनुहुन्छ ? यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा साओमीले रेड्मी नोट ११ प्रो उपलब्ध गराएकाे छ ।

याे फाेनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित चार ओटा क्यामेराको सेटअप दिइएको छ, जसमा ११८ डिग्री भ्यूइङ एंगल भएको आठ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल क्यामेरा, समान दुई मेगापिक्सेलका  म्याक्रो क्यामेरा र डेप्थ सेन्सर रहेका छन् ।

यसैगरी मोबाइलको अगाडि भागमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

६७ वाट टर्बो चार्जिङ र र मिडियाटेक हेलियो जी ९६ प्रोसेसर रहेको यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । जुन १५ मिनेटमै ५१ प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ ।

ट्रेन्डी फ्ल्याट–एज डिजाइन रहेको रेड्मी नोट ११ प्रोमा १२० हर्ज रिफ्रेश रेट भएको फुल एचडी प्लस एमोलेड डिस्प्ले राखिएको छ ।

६.६७ इन्चको डट डिस्प्लेको साथमा रेड्मी नोट ११ प्रोले स्मूथ स्क्रोलिङ र ल्याग–फ्री ट्रान्जिसन प्रदान गर्ने बताइएको छ । यसमा रहेको डुअल सुपर लिनियर स्पिकरको साथमा रेड्मी नोट ११ प्रोमा गेमिङ वा भिडियोहरू हेर्नको लागि इमर्सिभ स्टेरियो साउन्ड प्राप्त गर्न सकिन्छ ।

ग्रेफाइट ग्रे, पोलर ह्वाइट र स्टार ब्लू गरी तीन ओटा रङ्गमा उपलब्ध यो फोन ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा पाउन सकिनेछ । जसको मूल्य क्रमशः ३४ हजार ९९९ रुपैयाँ र ३६ हजार ९९९ रुपैयाँ राखिएको छ ।