close

भिभो बन्यो चीनको उत्कृष्ट स्मार्टफोन ब्राण्ड

टेकपाना टेकपाना

साउन ३१, २०७९ १७:५१

भिभो बन्यो चीनको उत्कृष्ट स्मार्टफोन ब्राण्ड

काठमाडौं । भिभाे चीनको उत्कृष्ट स्मार्टफाेन ब्राण्ड बन्न सफल भएको छ ।

स्मार्टफोनको बजार अध्ययन गर्ने संस्था काउन्टरपइन्टले जारी गरेको ‘मार्केट पल्स रिपोर्ट’ अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा भिभोले ओप्पो, साओमी लगायतका स्मार्टफोनलाई पछि पार्दै पहिलाे स्थान सुरक्षित गरेकाे हाे ।

हाल चीनमा भिभाेकाे बजार हिस्सा १९.८ प्रतिशत पुगेकाे छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बजार हिस्सा केही गुमाए पनि समग्रमा कम्पनी पहिलो ब्राण्ड बन्न सफल भएको हाे ।

गत वर्ष अर्थात् सन् २०२१ को दोस्रो त्रैमासिकमा भिभो २१.१ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा थियो । त्यस समयमा २२ प्रतिशत बजार हिस्साका साथ पहिलो नम्बरमा रहेको ओप्पो यो पटक भने १७.९ प्रतिशत हिस्साका साथ तेस्रो स्थानमा झरेको छ ।

यो वर्ष दोस्रो स्थानमा ह्वावेबाट छुट्टिएर स्वतन्त्र रुपमा अघि बढको कम्पनी अनर आइपुगेको छ । अनर १८.३ प्रतिशतका साथ दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै अर्को चिनियाँ ब्राण्ड साओमी १४.९ प्रतिशतका साथ पाँचौ स्थानमा रहेको छ ।

चौंथो नम्बरमा रहेको एप्पलको १५.५ प्रतिशत बजार हिस्सा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३