close

एन्ड्रोइड १३ सार्वजनिक, कसरी गर्ने डाउनलोड ?

टेकपाना टेकपाना

साउन ३१, २०७९ १८:५३

एन्ड्रोइड १३ सार्वजनिक, कसरी गर्ने डाउनलोड ?

काठमाडौं । एन्ड्रोइडको १३औँ संस्करण डाउनलोडका लागि उपलब्ध भएको छ । यदि तपाईंको फोनले एन्ड्रोइड १३ सपोर्ट गरेको खण्डमा यसलाई इन्स्टल गरेर प्रयोग गर्न सक्नुहुन्छ ।

गुगलले सोमबार एन्ड्रोइड १३ आफ्नो पिक्सेल फोनका लागि उपलब्ध गराएको छ । त्यसपछि यो अपडेट सामसङका फोनमा उपलब्ध हुनेछ भने क्रमशः अन्य स्मार्टफोनमा उपलब्ध हुने बताइएको छ ।

गुगलले एन्ड्रोइड १३ को पहिलो डेभेलपर बेटा भर्जन गत फेब्रुअरीमा सार्वजनिक गरेको थियो । त्यसपछि अप्रिलमा पहिलो एन्ड्रोइड १३ को बेटा भर्जन सार्वजनिक गरिएको थियो ।

त्यसैगरी गुगलले अन्तिम परीक्षणका रूपमा एन्ड्रोइड १३ को चौंथो बेटा भर्जन गत जलाई महिनामा सार्वजनिक गरेको छ । अहिले एन्ड्रोइड १३ को पूर्ण संस्करण उपलब्ध छ ।

एन्ड्रोइड १३ मा विभिन्न नयाँ फिचरहरू रहेका छन्, जसमा सुरक्षालाई बढी प्राथमिकता दिइएको छ ।

यसमा विशेषगरी थर्ड पार्टी एपलाई क्यामेरा, माइकमा पहुँच दिनबाट रोक्ने फिचर, ग्रुप च्याटका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर र युनिभर्सल क्लिपबोर्ड लगायतका फिचर समावेश छन् ।

एन्ड्रोइड १३ कुन-कुन ब्रान्डका डिभाइसमा सपोर्ट गर्छ भन्ने कुरा यहाँबाट हेर्न सकिन्छ ।

यदि तपाईंको डिभाइसमा एन्ड्रोइड १३ को अपडेट उपलब्ध छ भने यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

आफ्नो फोनमा एन्ड्रोइड १३ अपडेट गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिलो फोनको सेटिङमा जानुहोस् ।

-त्यसपछि ‘सिस्टम’मा जानुहोस् ।

– ‘सिस्टम अपडेट’मा ट्याप गर्नुहोस् ।

-त्यसपछि चेक फर अपडेटमा ट्याप गर्नुहोस् ।

यदि तपाईंको डिभाइसमा अपडेट उपलब्ध छ भने डाउनलोड हुन्छ ।

माथि उल्लेख गरिएको प्रक्रियाबाट सबै फोनमा एन्ड्रोइड १३ इन्स्टल गर्न सम्भव नहुनसक्छ । वा माथि उल्लेख गरिएका विकल्प नभेटिन सक्छन् । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले ‘सेटिङ’मा जानुहोस् ।

-त्यसपछि ‘अबाउट फोन’मा जानुहोस् ।

-अब छेउमा भएको ‘एन्ड्रोइड भर्जन’मा ट्याप गर्नुहोस् ।

-त्यसपछि ‘चेक फर अपडेट’मा ट्याप गर्नुहोस् ।

-यदि अपडेट उपलब्ध छ भने त्यहाँबाट डाउनलोड गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३