close

‘क्याप्चर दी फ्ल्याग’ ह्याकिङ प्रतियोगिता गर्दै सफ्टवेरिका कलेज

टेकपाना टेकपाना

साउन ३१, २०७९ २२:७

‘क्याप्चर दी फ्ल्याग’ ह्याकिङ प्रतियोगिता गर्दै सफ्टवेरिका कलेज

काठमाडाैं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले ‘क्याप्चर दी फ्ल्याग’ ह्याकिङ प्रतियाेगिता गर्ने भएकाे छ ।

आउँदो भदौ १८ गते हुने यस प्रतियोगितामा उच्च मावि तह (प्लस टु) र स्नातक तह अध्ययनरत विद्यार्थीले भाग लिन पाउनेछन् ।

समूहगत रुपमा प्रतियाेगिता हुने यस प्रतियाेगितामा तीनदेखि पाँच जनाकाे समूह बनाउन सकिन्छ ।

प्रतियोगितामा सहभागी समूहहरुले ह्याकिङ टास्क (कार्य)हरूको सेटलाई आफ्नाे ह्याकिङ टेक्निक्सहरु प्रयाेग गरेर समाधान गर्दै अंक कमाउनका लागि झण्डा फेला पार्नुपर्नेछ ।

सबैभन्दा धेरै अंक प्राप्त गर्ने शीर्ष तीन टोलीले क्रमश: २५ हजार, १५ हजार र १० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियाेगितामा भाग लिन यहाँ क्लिक गरेर फाराम भर्नुहाेस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३