close

सिंहदरबारमा विद्युतीय चुलो प्रयोग भए/नभएको बुझ्न अनुगमनमा निस्किए अर्थमन्त्री

टेकपाना टेकपाना

भदौ १, २०७९ १३:१८

सिंहदरबारमा विद्युतीय चुलो प्रयोग भए/नभएको बुझ्न अनुगमनमा निस्किए अर्थमन्त्री

काठमाडौं । सिंहदरबारभित्र ग्यास चुलो विस्थापन गरी विद्युतीय चुलो अनिवार्य गर्ने घाेषणा गरेका अर्थमन्त्री जनार्दन शर्मा बुधबार अनुगमनका लागि निक्लिएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री शर्माले विद्युतीय चुलोको प्रयोग बढाउन साउन मसान्तभित्र सिंहदरबारका सरकारी कार्यालयमा विद्युतीय चुलो अनिवार्य गर्ने उल्लेख गरेका थिए ।

यसअनुसार मन्त्री शर्माले कार्यालहरूमा विद्युतीय चुलाे प्रयाेग भए/नभएकाे अनुगमन गरेकाे अर्थमन्त्रीका प्रेस सल्लाहकार मनऋषि धितालले जानकारी दिए ।

हाल अर्थ मन्त्रालयमा शतप्रतिशत विद्युतीय चुलो प्रयोगमा आएको र अर्थ मन्त्रालय मातहतका सिहंदरबारबाहिर रहेका कार्यालयहरूमा पनि क्यान्टिनमा विद्युतीय चुलो प्रयोग गर्न मन्त्रीले निर्देशन दिइसकेका छन् ।

‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ नामक अभियानमार्फत विद्युतीय चुलोको प्रयोगलाई देशव्यापी बनाउन सरकारले सिंहदरपछि महानगरपालिका र उपमहानगरपालिका अन्तर्गतका सबै सार्वजनिक कार्यालय र निवासहरूमा ग्यास सिलिन्डर हटाउने याेजना ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३