ट्रेन्डिङ:
हाम्रो पात्रो हेल्थमा नयाँ सुविधा, डक्टरसँग बिरामी र टाढा रहेका आफन्तले पनि कुरा गर्न पाउने एन्ड्रोइड डिभाइसमा यसकारण चाहिन्छ भीपीएन गुगल फोटोजका आकर्षक फिचरहरु टेलिकमका प्रबन्ध निर्देशकलाई कार्यालय छिर्न प्रतिबन्ध, आन्दोलन चर्काउँदै कर्मचारी ड्राइभर अपडेट नहुँदा पनि स्लो हुन्छ इन्टरनेट, कसरी गर्ने समाधान ? ‘साओमी १२’ मा ५० मेगापिक्सेलका तीन वटा रियर क्यामेरा हुने उत्कृष्ट ५ नेपाली ट्राभल भ्लगर, भिडियो हेर्दै गर्नुहोस् दशैं बिदाको सदुपयोग तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? वाईफाई सुरक्षित राख्न अपनाउनुहोस् यी ५ टिप्स ५० मेगापिक्सेल क्यामेरा भएको 'ओप्पो ए१७' बजारमा
close

हाम्रो पात्रो हेल्थमा नयाँ सुविधा, डक्टरसँग बिरामी र टाढा रहेका आफन्तले पनि कुरा गर्न पाउने

टेकपाना टेकपाना

भदौ १, २०७९

हाम्रो पात्रो हेल्थमा नयाँ सुविधा, डक्टरसँग बिरामी र टाढा रहेका आफन्तले पनि कुरा गर्न पाउने

काठमाडौं । अब हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’बाट डक्टरसँग अपोइन्टमेन्टसँगै कन्फरेन्स कल पनि गर्न सकिने भएको छ ।

यसअगाडि अनलाइनमा डक्टरसँग तत्काल कुरा गर्न सकिने सुविधा थियो, जसमा बिरामी र डक्टर दुई जनामात्र कलमा सहभागी हुन सकिन्थ्याे ।

अब भने आफ्नो आवश्यकता अनुसर परिवार या सहयोगी थप्न या बहुविधाका डक्टरहरूले कन्फरेन्स कल गरेर एकैपटक कुराकानी गर्न सकिने सुविधा थपिएकाे कम्पनीले जनाएकाे छ ।

यसै सन्दर्भमा हाम्रो पात्रो इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेतीले यो नयाँ सुविधा आएपछि वैदेशिक रोजगारी र अध्ययनको क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमा-बुवा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शमा परिवारका सदस्यहरूसँगै कन्फरेन्स कलमा बस्नसक्ने बताए ।

यसका साथै बिरामीको प्रकृति हेरेर एपले नै कुन विशेषज्ञता भएका डक्टरसँग कुरा गर्ने भन्ने सुझाव पनि दिने बताइएको छ ।

आफ्नो अनुभवको आधारमा डक्टरले एपमा सेवाशुल्क निर्धारण गर्न सक्नेछन् ।

डक्टरले आफ्नो समय अनुकूल मिलाएर बिरामीका लागि उपलब्ध हुने समयतालिका अपडेट गर्न सक्नेछन् र सेवाग्राहीलाई डक्टरले तोकेको समयावधिभित्र निःशुल्क फलोअपको सुविधा पनि राखिएको छ ।

यसका साथै बिरामीले डक्टरलाई उनीहरूको परामर्शको आधारमा रेटिङ र रिभ्यु पनि गर्न सक्नेछन् ।