close

अब नागरिक लगानी कोषमा कोषकट्टी रकम अनलाइनबाटै जम्मा गर्न सकिने, देशभर अनिवार्य गरिँदै

टेकपाना टेकपाना

भदौ १, २०७९ १४:४९

अब नागरिक लगानी कोषमा कोषकट्टी रकम अनलाइनबाटै जम्मा गर्न सकिने, देशभर अनिवार्य गरिँदै

काठमाडौं । अब नागरिक लगानी कोषमा कोषकट्टी रकम अनलाइनबाट नै जम्मा गर्न सकिने भएको छ । लगानी कोषले एक सूचना जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।

कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष योजनामा सहभागी भई रकम कट्टा गर्दै आएका कर्मचारीहरूको कट्टी रकम अनलाइन प्रणालीबाट अपलोड गर्ने र अनलाइन प्रणालीबाटै रकम पठाउने व्यवस्था ल्याइएकाे काेषले जनाएकाे छ ।

योसँगै अब कार्यालयहरूले वास्तविक समयमा नै सम्बन्धित कर्मचारीको खातामा रकम प्रविष्ट गर्ने सक्नेछन् ।

कोषका अनुसार सीजीएएस प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालयबाहेक अन्य कार्यालयले अबदेखि अनलाइन प्रणालीबाट कोष कट्टी रकम दाखिला गर्ने व्यवस्था मिलाउन सक्नेछन् ।

अनलाइन प्रणालीबाट कोषकट्टी रकम दाखिला गर्न यो लिंकमा क्लिक गरेर डाउनलोड अप्सनमा गई ‘Online Phatwari Collection’ मा गई कोषको प्रणालीले प्रदान गरेको सब्मिसन नं. का आधारमा कट्टी रकम दाखिला गर्न सकिनेछ ।

यसका साथै कोषले अनलाइन प्रणालीबाट कोषकट्टी रकम दाखिला गर्ने तरिका बारेको तालिम कोषको केन्द्रीय कार्यालयमा सार्वजनिक बिदाको दिन बाहेक अन्य प्रत्येक दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म सञ्चालन गरिरहेकोले उक्त तालिममा भाग लिन पनि सकिनेछ ।

यसका लागि सम्बन्धित कार्यालयबाट यस कार्यसँग सम्बन्धित २ जना कर्मचारीहरूको नाम कोषको ईमेल (citonlinekbb@ gmail.com) मा पठाउन सक्नेछन् ।

पहिलो चरणमा उपत्यकाभित्र (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण कार्यालयहरूबाट अबको चार महिनापछि फांटवारी पूर्ण रूपमा अनलाइन प्रणालीबाट मात्र बुझ्ने व्यवस्था मिलाइएको पनि कोषले जानकारी दिएको छ ।

क्रमशः मुलुकभर अनिवार्य रूपमा लागू हुने भएकोले सोही अनुसार तयारी गर्नको लागि पनि कोषले अनुरोध गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४