close

सिद्धार्थको मोबाइल बैंकिङ एपमा ठगी नियन्त्रण गर्ने फिचर, एकैपटक धेरै डिभाइसबाट चलाउन सकिने

टेकपाना टेकपाना

भदौ १, २०७९ १५:३९

सिद्धार्थको मोबाइल बैंकिङ एपमा ठगी नियन्त्रण गर्ने फिचर, एकैपटक धेरै डिभाइसबाट चलाउन सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपलाई ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ (Siddhartha BankSmartXP) मा स्तरोन्नति (अपग्रेड) गरेको छ ।

योसँगै एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै धेरै डिभाइस र च्यानलमार्फत प्रयोग गर्न सकिने भएको छ ।

एफवान सफ्ट इन्टरनेसनलले विकास गरेको याे नयाँ एप बैंकएक्सपी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउने जनाइएको छ ।

यसअन्तर्गत ग्राहकले विभिन्न मोबाइल र वेब उपकरणबाट एप प्रयोग गर्नका लागि समान पासवर्ड प्रयोग गरी प्रयोग गर्न सकिनेछ ।

नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, ई-अपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन् ।

साथै सिद्धार्थ बैंक स्मार्टएक्सपीले ठगी नियन्त्रणमा नवीनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको जनाइएकाे छ ।

यस एपमा प्रयोगकर्ताले लगइन गर्न खोजेको सिम नम्बर स्वतः प्रमाणित गर्ने क्षमता छ र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यही नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति नदिइने बैंकले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४