close

अब माछापुच्छ्रे बैंकको मोबाइल एपबाटै ऋण लिन सकिने

टेकपाना टेकपाना

भदौ १, २०७९ १६:२०

अब माछापुच्छ्रे बैंकको मोबाइल एपबाटै ऋण लिन सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एपमार्फत ऋण लिन सकिने सेवाको सुरुवात गरेको छ । योसँगै बैंकका ग्राहकले मुद्दती निक्षेप राखेर मोबाइल एपमार्फत सोझै ऋण लिन पाउने भएका छन् ।

बैंकले मोबाइल बैंकिङ एप र एमबीएलएम स्मार्टबाट यो सेवा लिन सकिने गरी बुधबारदेखि ‘लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सेवाको सुरुवात गरेको हो । योसँगै ऋण लिनका लागि बैंकमै जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यसअघि अनलाइनबाटै खाता खोल्न सकिने सेवा दिइरहेको बैंकले अब ऋणलाई पनि अनलाइन प्रणालीमा रुपमान्तरण गरेको हो । त्यो हुँदा ग्राहकले मुद्दती खाता राखेर त्यसैका आधारमा सरल रुपमा ऋण लिन सक्नेछन् ।

एपमा आफैँले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ–रजिष्ट्रेसन गर्न सकिने, मोबाइल फोनबाटै खाता खोल्न सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानीलगायतका सुविधा दिइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४