close

फ्री फायरमा नयाँ म्याप आउँदै

टेकपाना टेकपाना

भदौ १, २०७९ १६:३९

फ्री फायरमा नयाँ म्याप आउँदै

काठमाडौं । गरिना फ्री फायरले आफ्नो पाँचौं वार्षिकाेत्सवको अवसर पारी नयाँ म्याप ‘नेक्सटेरा’ ल्याउने भएकाे छ । योसँगै अब फ्री फायरमा पाँच वटा म्याप हुनेछन् ।

अगस्ट २० मा सार्वजनिक गरिने याे म्याप भविष्य केन्द्रित हुने बताइएको छ ।

म्यापमा सहर, घर तथा सडकहरू अत्याधुनिक हुनेछ । साथै याे म्यापमा इन्टेलेक्ट सेन्टर, ट्विन ब्रिज, ग्र्याब ल्याब, मोर्टर रुइन, जिपवे, फार्मटोपिए, ग्रास म्युजियम, डेक स्क्वायरजस्ता ठाँउ रहनेछन् ।

यसबाहेक नयाँ म्यापमा केही मेकानिजम पनि थप गरिने छ, जसमध्ये ‘एन्टी ग्राभिटी जोन’ एक हो । जहाँ खेलाडीले म्यापको अन्य ठाँउमा भन्दा धेरै माथि उफ्रन सक्नेछन् ।

साथै नयाँ म्यापमा पोर्टल एरिया पनि थपिँदै छ, जसमा खेलाडीहरुले टेलिपोर्ट गरेर एक ठाँउबाट अर्को ठाँउमा जान सक्नेछन् ।

यसबाहेक खेलाडीले यो म्यापमा केही नयाँ रुख, टावर तथा नयाँ भौतिक संरचना पनि देख्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४