close

सानिमा बैंकको ‘फेमिली सुपर सेभिङ खाता’, डेबिट/क्रेडिट कार्डदेखि मोबाइल बैंकिङसम्म निःशुल्क

टेकपाना टेकपाना

भदौ १, २०७९ १७:५६

सानिमा बैंकको ‘फेमिली सुपर सेभिङ खाता’, डेबिट/क्रेडिट कार्डदेखि मोबाइल बैंकिङसम्म निःशुल्क

काठमाडौं । सानिमा बैंकले ‘सानिमा फेमिली सुपर सेभिङ खाता’ सञ्चालनमा ल्याएको छ ।

नेपालमा पहिलो पटक ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यका लागि अस्पताल खर्च भुक्तानी नै गर्नुनपर्ने गरी एक लाख रूपैयाँसम्मको औषधि उपचार बीमा सहितको बचत खाता ल्याएको हो ।

वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाख रूपैयाँको दुर्घटना बीमा, तीन लाखको ६ घातक रोगहरुको बीमा, २५ हजार रूपैयाँको आवधिक जीवन बीमा र पाँच हजार रूपैयाँको वार्षिक स्वास्थ्य परीक्षण प्याकेजजस्ता सुविधा यस खातामा दिइएकाे छ ।

साथै भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट र लगानी व्यवस्थापन सेवामा सेवामा ५० प्रतिशत छुट दिएकाे छ ।

याे खाता खाेल्दा ग्राहकले निःशुल्क डेबिट तथा क्रेडिट कार्ड, निःशुल्क अमेरिकी डलर कार्ड (फर्स्ट टपअप) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा पाउने पनि जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४