close

नेसनल पेमेन्ट स्विचमा जोडियो छिमेक लघुवित्त 

टेकपाना टेकपाना

भदौ १, २०७९ १८:२१

नेसनल पेमेन्ट स्विचमा जोडियो छिमेक लघुवित्त 

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड नेसनल पेमेन्ट स्विच (एनपीएस) मा जाेडिएको छ ।

आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न यस लघुवित्तले हालै नेपाल क्लियरिङ हाउस लिमिटेडसँग एक सम्झौता गरेको छ ।

यस सम्झौतासँगै छिमेक लघुवित्तले आफ्नाे आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेससँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न पाउने छ ।

यसअन्तर्गत लघुवित्तले एनसीएचएल-आईपीएस र आरपीएस/कनेक्ट आईपीएस प्रणालीहरूमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका कारोबारहरू तथा तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबार आफ्ना सेवाग्राहीका बैंक खाताहरूबीच सोझै गर्नसक्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४