close

कम्प्युटरमा ह्वाट्सएप चलाउन अब मोबाइल लिङ्क गर्नु नपर्ने

टेकपाना टेकपाना

भदौ २, २०७९ ७:३३

कम्प्युटरमा ह्वाट्सएप चलाउन अब मोबाइल लिङ्क गर्नु नपर्ने

काठमाडौं । विन्डोजका लागि ह्वाट्सएपको नयाँ एपमा अब मेसेज पाउन, पठाउन वा सिंकका लागि मोबाइल लिङ्क  गर्न नपर्ने भएको छ ।

ह्वाट्सएपले आफ्नो आधिकारिक साइटमार्फत वेबका लागि ह्वाट्सएपको उक्त एप माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्न सकिने जानकारी दिएको छ ।

यसअघि विन्डोज प्रयोगकर्ताले वेबमा आधारित डेस्कटप एप डाउनलोड गर्नुपर्थ्यो । वा ह्वाट्सएपको वेब भर्जनमा गई मोबाइल लिङ्क गरेर प्रयोग गर्नुपर्थ्याे ।

ह्वाट्सएपको नयाँ विन्डोज एपमा भने फोन लिङ्क नगरेरै प्रयोग गर्न सकिने छ । साथै नयाँ एप पहिलेको भन्दा छिटो र ‘रेस्पोन्सिभ’ रहेको पनि ह्वाट्सएपले जनाएकाे छ ।

नयाँ एपको इन्टरफेस पहिलेको भर्जनभन्दा प्रष्ट छ । यद्यपि इन्टरफेस हेर्दा त्यति भिन्न भने देखिँदैन ।

ह्वाट्सएपको नयाँ विन्डोज एपमा अकाउन्ट सिंक गर्नका लागि पहिले जस्तो फोन अनलाइनमा हुन आवश्यक पर्दैन ।

कम्पनीले म्याकओएस (म्याक अपरेटिङ सिस्टम) का लागि याे फिचर ल्याउने तयारी गरेकाे छ ।

त्यस्तै कम्पनीले एपकाे बेटा भर्जनमा मल्टी-डिभाइस फिचर पनि सार्वजनिक गरेको छ । यसका माध्यमबाट एउटा ह्वाट्सएप अकाउन्ट, मोबाइल बिना नै चार ओटा डिभाइसमा कनेक्ट गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४