ट्रेन्डिङ:
भारतीयले नेतृत्व गरिरहेका छन् माइक्रोसफ्ट, गुगलसहित प्रविधि विश्वका दिग्गज यी १८ कम्पनी चेक नकाटी भुक्तानी गर्न मिल्ने ‘आरटीजीएस’ प्रणालीमा थप १० बैंक आबद्ध फेसबुकमा तपाईंले कति समय बिताउनुभयो ? यसरी थाहा पाउनुहोस् वाईफाई सुरक्षित राख्न अपनाउनुहोस् यी ५ टिप्स एन्ड्रोइड डिभाइसमा यसकारण चाहिन्छ भीपीएन यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण टिममा सजिलै समन्वय गर्न यसरी चलाउनुहोस्, स्ल्याक (भिडियो सहित) यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? त्रिभुवन विमानस्थल वरपर ड्रोन उडाए कारबाही हुने प्लेस्टोरबाट एकाएक गायब भयो ईसेवाको मोबाइल एप
close

भारतीयले नेतृत्व गरिरहेका छन् माइक्रोसफ्ट, गुगलसहित प्रविधि विश्वका दिग्गज यी १८ कम्पनी

टेकपाना टेकपाना

भदौ १, २०७९

भारतीयले नेतृत्व गरिरहेका छन् माइक्रोसफ्ट, गुगलसहित प्रविधि विश्वका दिग्गज यी १८ कम्पनी

काठमाडौं । भारतीय मूलका कार्यकारीहरूले प्रविधि विश्वका ठूला कम्पनीहरूको नेतृत्व गरिरहेका छन् । जसमा सफ्टवेयर, हार्डवेयर, आईटी सेवा र इन्टरनेटका दिग्गज छन् ।

गुगलका सीईओ सुन्दर पिचाई र माइक्रोसफ्टका सीईओ सत्य नादेल्ला प्रविधि विश्वमा विगत एक दशकदेखि ‘पोस्टर ब्वाई’को रुपमा छाएकै छन् ।

तर त्यस बाहेक अन्य धेरै भारतीय मूलका प्रतिभा छन्, जो प्रविधिका दिग्गज कम्पनीको मुख्य पदमा पुगेका छन् । आज हामी प्रविधि विश्वका दिग्गज १८ कम्पनीलाई नेतृत्व दिइरहेका भारतीय मूलका व्यक्तिहरूको बारेमा चर्चा गर्दै छौँ । 

१. पराग अग्रवाल, सीईओ, ट्वीटर

पराग अग्रवाल ट्वीटरका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यसअघि उनले सन् २०११ देखि ट्वीटरकै प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी निभाएका थिए ।

त्यसभन्दा पनि अघिको कुरा गर्ने हो भने परागले माइक्रोसफ्ट, एटी एन्ड टी र याहूको सर्च टिममा रहेर काम गरिसकाे छन् । अग्रवाल इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बम्बैका इन्जिनियरिङ ग्य्राजुएट हुन् । 

२. सुन्दर पिचाई, सीईओ, अल्फाबेट

भारतमा जन्मिएका सुन्दर पिचाई सन् २०१९ देखि गुगलको अभिभावक कम्पनी अल्फाबेटको सीईओको रूपमा छन् । पिचाई अगस्ट २०१४ मा गुगलको प्रमुख बनेका थिए ।

कम्पनीमा १५ वर्षभन्दा बढीको करियर अवधिमा उनले त्यहाँ एन्ड्रोइड, क्रोम, म्याप्स लगायतका महत्तवपूर्ण व्यवसायको नेतृत्व गरे । पिचाईले आईआईटी खड्गपुरबाट बीटेक, स्ट्यानफोर्डबाट एमएस र ह्वार्टनबाट एमबीए पूरा गरेका छन् । 

३. सत्या नादेल्ला, सीईओ, माइक्रोसफ्ट

भारतको हैदरावादमा जन्मिएका सत्या नादेल्ला फेब्रुअरी २०१४ देखि माइक्रोसफ्टको सीईओ छन् । उनी स्टिभ बल्मेरले सम्हालेको पद हात पार्न सफल भए ।

मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीमा इन्जिनियरिङ पढेका नादेल्लाले युनिभर्सिटी अफ विसकन्सिन-मिल्वाउकीबाट एमएस र युनिभर्सिटी अफ सिकागो बोथ स्कुल अफ बिजनेसबाट एमबीए पूरा गरेका छन् । नादेल्लाले विन्डोज एनटी अपरेटिङ सिस्टमको डेभलपरको रूपमा सन् १९९२ मा माइक्रोसफ्टबाट आफ्नो करियर सुरु गरेका  थिए । 

४. शन्तानु नारायण, सीईओ, एडोबी

भारतको हैदरावादमा जन्मिएका नारायण सन् १९९८ मै विश्वव्यापी उत्पादन अनुसन्धानको वरिष्ठ उपाध्यक्षको रूपमा एडोबीमा आवद्ध भएका हुन् । त्यसपछि सन् २००५ मा कम्पनीको प्रमुख सञ्चालन अधिकृत भएका उनी सन् २००७ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न पुगे ।

एडोबीमा आवद्ध हुनु अघि शन्तानुले एप्पल र सिलिकन ग्राफिक्समा काम गरिसकेका थिए । ओस्मानिया युनिभर्सिटीबाट विज्ञान विषयमा स्नातक उनले क्यालिफोर्निया युनिभर्सिटीबाट एमबीए र बउलिङ ग्रीन स्टेट युनिभर्सिटीबाट एमएस पूरा गरेका छन् । 

५. अरविन्द कृष्ण, सीईओ, आईबीएम

आईआईटी कानपुरबाट एक इलेक्ट्रिकल इन्जिनियरको रूपमा तयार भएका अरविन्द कृष्ण अप्रिल २०२० मा आईबीएमको सीईओ बन्न पुगे । उनी आईबीएममा लगभग ३० वर्षदेखि कार्यरत छन् ।

त्यसक्रममा उनले कम्पनीका कयौँ वरिष्ठ पदहरूमा रहेर काम गरे । कृष्णले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट स्नातक उपाधी हात पारे भने अर्बाना च्याम्पेन  युनिभर्सिटी अफ इल्लिनोइसबाट पीएचडी गरेका छन् । 

६. स्टिभ साङ्घी, कार्यकारी अध्यक्ष, माइक्रोचिप

स्टिभ साङ्घी मार्च २०२१ मा माइक्रोचिपको कार्यकारी अध्यक्ष बनेका हुन् । उनी अक्टोबर १९९१ देखि कम्पनीको सीईओको रूपमा कार्यरत थिए भने अक्टोबर १९९३ देखि बोर्ड निर्देशकको अध्यक्ष थिए ।

साङ्घीले अगस्ट १९९० देखि फेब्रुअरी २०१६ सम्म अध्यक्षको रूपमा सेवा गरे । त्यस्तै अगस्ट १९९० देखि नै उनी कम्पनीको निर्देशक पनि थिए ।

कम्पनीमा आवद्ध हुनु अघि साङ्घी सेमिकन्डक्टर कम्पनी वाफरस्केल इन्टिग्रेसन इंकमा सञ्चालन विभागको उपाध्यक्ष थिए । उनीसँग युनिभर्सिटी अफ मासाचुसेट्सबाट इलेक्ट्रिकल एन्ड कम्प्युटर इन्जिनियरिङमा विज्ञानको स्नातकोत्तर र बञ्जाब युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्समा विज्ञानको स्नातक डिग्री छ । 

७. निकेश अरोरा, सीईओ, पालो अल्टो नेटवर्क्स

निकेस अरोरा सन् २०१८ मा सीईओको रूपमा पालो अल्टो नेटवर्क्समा आवद्ध भएका हुन् । यसअघि उनी गुगल र सफ्टबैंकमा महत्त्वपूर्ण पदमा कार्यरत थिए ।

अरोरासँग इन्स्टिच्युट अफ टेक्नोलोजी, बनारस हिन्दु युनिभर्सिटीको स्नातक उपाधि, नर्थिस्टर्न युनिभर्सिटीको एमबीए र बोस्टन कलेजबाट विज्ञानको स्नातकोत्तर छ । 

८. अञ्जली सुद, सीईओ, भिमियो

अञ्जली सुद खुला भिडिओ प्लेटफर्म भिमियोमा सीईओको रूपमा कार्यरत छिन् । उनले सन् २०१७ देखि यो पद सम्हालिरहेकी छिन् । भिमियोमा आवद्ध हुनु अघि सुद अमेजन र टाइम वार्नरमा काम गर्थिन् । उनीसँग हार्बर्ड बिजनेस स्कुलको एमबीए डिग्री छ । 

९. सञ्जय महोत्रा, सीईओ, माइक्रोन टेक्नोलोजी

सञ्जय महोत्रा सेमिकन्डक्टर सोलुसन्स कम्पनी माइक्रोन टेक्नोलोजीका सीईओ हुन् । सुरुमा उनी सानडिस्क र वेस्टर्न डिजिटलको बोर्ड सदस्य थिए ।

सानडिस्कको सहसंस्थापन गर्नु अघि महोत्राले इन्टिग्रेटेड डिभाइस टेक्नोलोजी र इन्टेलमा समेत काम गरेका थिए । उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट स्नातक र स्नातकोत्तर उपाधी हात पारेका छन् । 

१०. रेवती आडभथी, सीईओ, फ्लेक्स

रेवती आडभथी अमेरिकी सिङ्गापुरे इलेक्ट्रोनिक्स कन्ट्र्याक्ट म्यानुफ्याक्चरर कम्पनी फ्लेक्स लिमिटेडको सीईओ छिन् । आडभथीले सन् २०१९ देखि फ्लेक्समा सीईओको भूमिका निभाइरहेकी छिन् ।

त्यसअघि उनले एस्टोनको इलेक्ट्रिकल क्षेत्रको व्यापारको प्रमुख सञ्चालन अधिकृत र अध्यक्षको रूपमा काम गरेकी थिइन् । उनले बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड साइन्सबाट स्नतक र थन्डरबर्ड स्कुल अफ ग्लोबल म्यानेजमेन्टबाट एमबीए पूरा गरेकी हुन् । 

११. जयाश्री उल्लाल, अध्यक्ष तथा सीईओ, आरिस्टा नेटवर्क

जयाश्री उल्लाल सन् २००८ मा आरिस्टा नेटवर्कको अध्यक्ष तथा सीईओ बनेकी हुन् । सन् २०१४ मा आरिस्टालाई न्युयोर्क स्टक एक्सचेञ्जमा आईपीओको तहमा लैजान उनैले नेतृत्व दिएकी  थिइन् ।

आरिस्टाअघि उल्लालले सिस्को र एएमडीमा काम गरेकी  थिइन् । उनले सान फ्रान्सिस्को स्टेट युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीएस पढेकी हुन् भने सान्टा क्लारा युनिभर्सिटीबाट इन्जिनियरिङ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी हुन् । 

१२. जर्ज कुरियन, सीईओ तथा अध्यक्ष, नेटएप

जर्ज कुरियन सन् २०१५ मा स्टोरेज तथा डेटा व्यवस्थापन कम्पनी नेटएपको सीईओ र उपाध्यक्ष बनेका हुन् । नेटएपमा आवद्ध हुनु अघि कुरियनले सिस्को सिस्टम, अकामाई टेक्नोलोजी र म्याककिन्से एन्ड कम्पनीमा समेत काम गरेका थिए ।

केरलामा जन्मिएका उनीले आईआईटी मद्रासबाट इन्जिनियरिङ पढेका थिए । तर त्यसको छ महिनामै प्रिन्सटन युनिभर्सिटी पढ्नका लागि आईआईटी छोडे । जर्जले प्रिन्स्टन युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक पढे र स्ट्यानफोर्ड युनिभर्सिटीबाट एमबीए डिग्री प्राप्त गरे । 

१३. अनील भुस्री, सहसंस्थापक तथा सीईओ, वर्कडे

अनील भुस्रीले पिपुलसफ्टका संस्थापक डेभ डफिल्डसँग मिलेर सन् २००५ मा वर्कडेको सहस्थापना गरे । वर्कडे स्थापना अघि भुस्री पनि पिपुलसफ्टमै काम गर्थे ।

अनीलले ब्राउन युनिभर्सिटीबाट स्नातक डिग्री हात पारेका छन् भने स्ट्यानफोर्ड युनिभर्सिटीबाट एमबीए पूरा गरेका हुन् । 

१४. समिर कपुरिया, अध्यक्ष, नोर्टनलाइफलक

समिर कपुरिया नोर्टनलाइफलकका अध्यक्ष हुन् । सन् २००४ मा सिमेन्टिक आवद्ध भएका उनी कम्पनीको ग्लोबल सेक्युरिटी अपरेसन्स सेन्टर सहित साइबर सेक्युरिटी सर्भिसेज व्यवसाय प्रमुख समेत रहेका थिए । कपुरियाले युनिभर्सिटी अफ मासाचुसेट्सबाट वित्तमा स्नातक डिग्री हात पारेका छन् । 

१५. अमन भुटानी, सीईओ, गोड्याडी

अमन भुटानी सन् २०१९ मा सीईओको रुपमा गोड्याडीमा आवद्ध भएका हुन् । यसअघि उनी एक्सपेडियामा प्रमुख प्राविधिक अधिकृत र विश्वव्यापी इन्जिनियरिङको एसभीपी सहितका वरिष्ठ पदमा कार्यरत थिए । भुटानीले दिल्ली युनिभर्सिटीबाट स्नातक गरेका हुन् भने ल्यानकास्टर युनिभर्सिटीबाट एमबीए पास गरेका छन् । 

१६. अनिरुद देवगन, अध्यक्ष, क्याडेन्स डिजाइन

अनिरुद देवगन सन् २०१८ मा क्याडेन्स डिजाइनको अध्यक्ष भएका हुन् । उनले म्याग्मा डिजाइन अटोमेसन र आईबीएममा समेत काम गरिसकेका छन् ।

देवगनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नातक उपाधी हात पारेका छन् भने कार्नेग मेलोन युनिभर्सिटीबाट स्नातकोत्तर र विद्यावारिधि पूरा गरेका छन् । 

१७. शिव शिवराम, अध्यक्ष, वेस्टर्न डिजिटल

शिव शिवराम वेस्टर्न डिजिटलका अध्यक्ष हुन् । वेस्टर्न डिजिटलमा आवद्ध हुनु अघि उनी इन्टेल, मेट्रिक्स सेमिकन्डक्टर र सानडिस्कको वरिष्ठ पदमा कार्यरत थिए ।

उनले सन् २००८ मा ट्विन पिक्स टेक्नोलोजी स्थापना गरी सन् २०१४ सम्म सीईको रूपमा समेत काम गरेका थिए । शिवरामले नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी, त्रिउचीबाट स्नातक उपाधी हात पारेका छन् भने रेन्सलर पोलिटेक्निक इन्स्टिच्युटबाट स्नातक र विद्यावारिधि पूरा गरेका छन् । 

१८. रघु राघुराम, सीईओ, भीएमवेयर

भीएमवेयरमा रघुरामले विभिन्न नेतृत्वदायी भूमिका खेलिरहेका छन् । उनले सन् २००३ मा प्रोडक्ट म्यानेजमेन्टको निर्देशकको रूपमा भीएमवेयरमा काम सुरु गरेका थिए । त्यतिखेर कम्पनी केवल ५ वर्षको स्टार्टअप थियो ।

उनी तत्कालै सन् २००५ मा डेटा सेन्टर र डेस्कटप प्लेटफर्म प्रोडक्टको उपाध्यक्षको रूपमा उदाए । त्यसपछि सन् २०१० मा उनी भीएमवेयरको क्लाउड पूर्वाधार र व्यवस्थापन समूहको महाप्रबन्धक बने ।

भीएमवेयर अघि रघुराम एओएल, ब्याङ्ग नेटवर्क र नेटस्केपमा उत्पादन प्रबन्धक र बजार प्रबन्धको भूमिकामा थिए । उनले ह्वार्टन स्कुल अफ बिजनेसबाट एमबीए र इन्स्टिच्युट अफ टेक्नोलोजी, मुम्बईबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर डिग्री प्राप्त गरेका छन् ।