close

आईफोन किन्ने सोचमा हुनुहुन्छ ? केही समय पर्खनुहोस्

टेकपाना टेकपाना

भदौ २, २०७९ १०:६

आईफोन किन्ने सोचमा हुनुहुन्छ ? केही समय पर्खनुहोस्

काठमाडौं । यदि अहिले तपाईं आईफोन खरिद गर्न खोजिरहनु भएको छ भने यो उपयुक्त समय होइन । यदि तपाईं पछिल्लो समय आएको नयाँ आईफोन खरिद गर्ने सोचिरहनु भएको छ वा पुरानो फोन खरिद गर्ने योजना बनाउँदै हुनुहुन्छ भने केही समय पर्खनुहोस् ।

अनलाइमा फैलिएका केही खबरलाई आधार मान्ने हो भने एप्पलले आईफोन १४ सिरिज अर्को महिना (सेप्टेम्बर) मा सार्वजनिक गर्दै छ ।

सार्वजनिक भएको केही समयमै फोन बजारमा उपलब्ध हुने गरेको पाइन्छ । आज हामी अहिलेको समयमा आईफोन खरिद गर्दा किन पछुताउनुपर्ने अवस्था आउनसक्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।

एप्पलले ल्याउँदै छ नयाँ आईफोन सिरिज

एप्पलले अहिलेसम्म नयाँ एप्पल प्रडक्ट सार्वजनिक गरेको समय हेर्ने हो भने आईफोन १४ सेप्टेम्बरको दोस्रो साता सार्वजनिक हुनसक्ने सम्भावना छ ।

आईओएस १६ सार्वजनिक भएलगतै एप्पलले आईफोन १४ सिरिज ल्याउने चर्चा छ । उदाहरणका लागि आईफोन १३ सेप्टेम्बर १४ मा सार्वजनिक भएको थियो, जुन २४ सेप्टेम्बरमा बजारमा उपलब्ध थियो ।

त्यसैगरी आईफोन ११ र आईफोन ८ पनि यही मितिमा सार्वजनिक भएका थिए ।

आईफोन १४ को प्रो मोडलमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा र नच फ्रि लुक रहने छ । त्यस्तै नयाँ मोडल अन्य मोडलको तुलनामा केही ठूलो हुने हल्ला छ ।

आईफोन १४ सार्वजनिक हुने मिति नजिकिँदै गर्दा अहिले पुराना मोडल वा आईफोन १३ मोडल किन्ने सोच्नु गलत समय हो । किनभने नयाँ मोडल सार्वजनिक भएको केही समयमा नै पुराना मोडलको मूल्य स्वतः घटेर आउँछ या आउनसक्छ ।

गत वर्ष आईफोन १३ सार्वजनिक गरेको केही दिनमा नै ६४ जीबी स्टोरेज भएको आईफोन १२ को मूल्य ८०० डलरबाट घटेर ७०० डलर पुगेको थियो ।

त्यसअघिका डेटा हेर्ने हो भने पनि पुराना मोडलको मूल्य यही अनुपातमा घटेको देखिन्छ ।

यसकारण केही समय प्रतीक्षा गरेर आईफोन १४ सार्वजनिक भएपछि आईफोन खरिद गर्ने योजना बनाउनुभयो भने त्यो समय तपाईँका लागि उपयुक्त हुन्छ ।

नयाँ मोडल सार्वजनिक भइसकेपछि पुराना मोडलको मूल्य घट्ने र नयाँ मोडल खरिद गर्न चाहेको अवस्थामा त्यो पनि खरिद गर्न सक्नुहुन्छ ।

तर नेपालमा आईफोन १४ सिरिज सार्वजनिक भएलगत्तै आउने सम्भावना कम छ । विदेशी मुद्रा सञ्चितिमा असर परेको भन्दै सरकारले ३०० अमेरिकी डलरमाथिका मोबाइल आयातमा रोक लगाएका कारण अर्काे निर्णय नआउन्जेल महङ्गा फाेन भित्रिने छैनन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४