close

एनसेल भन्छ- फ्री वाई-फाई असुरक्षित हुनसक्छ, मोबाइल डेटा प्रयोग गर्नुहोस्

टेकपाना टेकपाना

भदौ २, २०७९ १०:३७

एनसेल भन्छ- फ्री वाई-फाई असुरक्षित हुनसक्छ, मोबाइल डेटा प्रयोग गर्नुहोस्

काठमाडौं । अहिले सहरका धेरै सार्वजनिक स्थलमा निःशुल्क वाई-फाई उपलब्ध छ । यस्ताे सुविधाले केही कुरामा सहयोग पुर्‍याए पनि जोखिम पनि उत्तिकै निम्त्याएकाे छ ।

निःशुल्क वाई-फाईबाट हुने सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा मोबाइल सेवा प्रदायक एनसेल आजियाटाले प्रयोगकर्तालाई केही सुझाव दिएको छ ।

एनसेल भन्छ- ‘सेक्युर (सुरक्षित) नेटवर्क नभएको फ्री वाई-फाई चलाउँदा विभिन्न जोखिमहरू हुन्छन् । विशेषगरी यसबाट हुने मुख्य जोखिम हो, ह्याकिङ । सार्वजनिक स्थलमा उपलब्ध हुने फ्री वाई-फाई सेक्युर नभएकाले ह्याकरले भाइरस, एडवेयर तथा अन्य मालवेयर कनेक्सनमार्फत तपाईंको डिभाइसमा पठाउन सक्छन्, जसले गर्दा सामाजिक सञ्जालका अकाउन्ट ह्याक हुने, व्यक्तिगत विवरण लिक गर्ने सम्भावना धेरै हुन्छ ।’

त्यस्तै सार्वजनिक स्थलमा उपलब्ध हुने असुरक्षित फ्री वाई-फाई प्रयोग गर्दा व्यक्तिगत विवरण चोरी हुने सम्भावना धेरै हुने एनसेलकाे भनाइ छ ।

‘वाई-फाई कनेक्सनमार्फत ह्याकरले लगइन डिटेल, बैंक विवरण चोरी गर्नसक्छन् । यसबाट बच्न इन्सेक्युर (असुरक्षित) नेटवर्कलाई अस्वीकार गर्नुपर्छ । त्यसका लागि मोबाइल डेटा नै उपयुक्त हुन्छ । मोबाइल डेटा सुरक्षित हुने र सुरक्षा ब्रिचकाे जोखिम नहुने भएकाले उपयुक्त हुन्छ,’ एनसेलले भिडियो सन्देशमा उल्लेख गरेकाे छ ।

सम्बन्धित समाचार

जोखिम हुन सक्छ फ्री वाई-फाई, यसरी बन्नुहोस् सुरक्षित

फ्री वाई-फाईमा अनलाइन कारोबार गर्दा हुनसक्छ यस्तो जोखिम

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४