close

माछापुच्छ्रे बैंकको कार्ड सेवा अवरुद्ध हुने

टेकपाना टेकपाना

भदौ २, २०७९ १३:५

माछापुच्छ्रे बैंकको कार्ड सेवा अवरुद्ध हुने

काठमाडाैं । माछापुच्छ्रे बैंककाे कार्डसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध हुने भएकाे छ ।

बैंकले एक सूचना जारी गर्दै आज (बिहीबार) साँझ ८ः३० देखि राति ११ः३० सम्म र भाेलि (शुक्रबार) दिउँसाे ३ बजेदेखि साँझ ६ बजेसम्म सेवा अवरुद्ध हुने जानकारी दिएकाे हाे ।

बैंककाे स्विच सेवा प्रदायक कम्पनी नेपाल इलेक्ट्राेनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) काे डीआर ड्रिल कार्य हुने भएकाले कार्ड सेवा अवरुद्ध हुन लागेकाे बैंकले जनाएकाे छ ।

बैंकका अनुसार त्यस समयमा माेबाइल बैंकिङ र इन्टरनेट सेवा भने यथावत् रुपमा सञ्चालन हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४