close

नेपालमा बनेको बिजुली बाइक ‘यात्री पी वान’

टेकपाना टेकपाना

भदौ २, २०७९ १४:३५

काठमाडौं । नेपाली विद्यतुीय बाइक निर्माताका रुपमा यात्री मोटरसाइकलले आफ्नो उत्पादन बजारमा ल्याएको १५ महिना नाघिसकेको छ ।

साढे तीन वर्षको अनुसन्धान र विकासपछि कम्पनीले ‘पी जेरो’ र ‘पी वान’ मोडलका दुई बाइक ल्याएको थियो ।

कम्पनीका अनुसार यी दुवै उत्पादनमा शक्तिशाली र अत्याधुनिक ब्याट्री प्रयोग गरिएको छ, जसका कारण बाइकको मूल्य केही महंगो छ ।

लिथियम आयन ब्याट्री राखिएका यात्रीका मोटरसाइकलमा हाई चार्ज र हाई डिस्चार गर्न सकिने र्‍यापिड चार्ज प्रविधि प्रयोग गरिएको छ, जसबाट २ घण्टामै मोटरसाइकल फुल चार्ज हुने कम्पनीकाे भनाइ छ ।

यसका साथै बाइकमा अनबोर्ड चार्जरको सुविधा समेत रहेको छ । यसको अर्थ छुट्टै चार्जर बोक्नुपर्ने झन्झटसमेत हुँदैन ।

यसैबीच आज हामीले अधिकतम ११० किलाेमिटरसम्मकाे रेन्ज दिने यात्रीकाे ‘पी वान’ बाइक प्रयोगकर्ताको अनुभवलाई लिएर एक भिडिओ तयार पारेका छौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४