close

नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’, सस्तो पैसामा कल गर्न सकिने

टेकपाना टेकपाना

भदौ २, २०७९ १५:२८

नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’, सस्तो पैसामा कल गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक ल्याएकाे छ ।

बुधबारदेखि लागू भएको यस प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ ।

इन्डिया भ्वाइस प्याक– डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ ।

त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २२१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमशः रु. २५९ मा र रु. ७५९ मा उपलब्ध छन् ।

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ ।

यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *1415# डायल गरी 7 नम्बर छनौटपश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४