close

ह्वाट्सएपमा तपाईंलाई कसले ब्लक गर्‍यो ? अब थाहा पाउन नसकिने

टेकपाना टेकपाना

भदौ २, २०७९ १६:१८

ह्वाट्सएपमा तपाईंलाई कसले ब्लक गर्‍यो ? अब थाहा पाउन नसकिने

काठमाडौं । प्रयोगकर्तालाई मेसेजिङ प्लेटफर्म ह्वाट्सएपमा आकर्षण गर्न कम्पनीले पछिल्लो समय विभिन्न फिचर समावेश गर्दै आएको छ ।

अन्य प्लेटफर्मजस्तै ह्वाट्सएपमा पनि अहिले लोकेसन शेयर गर्न मिल्ने, विभिन्न फाइल पठाउन सकिने, भिडिओ तथा अडियो कल गर्न सकिने फिचर समावेश छन् ।

त्यस्तै यदि तपाईंलाई कसैले ह्वाट्सएपमा ब्लक गर्‍यो भने त्यसको जानकारी समेत पाउन सक्नुहुन्छ । अब भने कम्पनीले कुन अकाउन्टले आफूलाई ब्लक गर्‍यो भन्ने कुराको जानकारी पाउन नसकिने फिचरमा काम गरिरहेको छ ।

कम्पनीले प्रयोगकर्ताको गोपनीयतालाई केन्द्रित गर्दै यो फिचर ल्याउन लागेको हो । ह्वाट्सएपले पछिल्लो समय प्रयोगकर्ताले आफूलाई अनलाइन देखाउन नमिल्ने फिचर सार्वजनिक गरेको थियो ।

यसको अर्थ प्रयोगकर्ताले फेसबुक मेसेन्जरजस्तै ह्वाट्सएपमा पनि आफूलाई अनलाइनमा देखाउन वा नदेखाउन सक्छन् ।

यदि प्रयोगकर्ताले आफूलाई अनलाइनबाट लुकाए भने अन्य व्यक्तिले सो व्यक्ति अनलाइन भए/नभएको जानकारी पाउन सक्दैनन् ।

ह्वाट्सएपले अब सार्वजनिक फिचरका माध्यमबाट भने आफूलाई कसले ह्वाट्सएपमा ब्लक गरेको छ भन्ने कुराको जानकारी पाउन सकिँदैन ।

ह्वाट्सएपमा कसैले ब्लग गरेको कसरी जाँच गर्ने ?

  • यदि कुनै प्रयोगकर्ताले तपाईंलाई ब्लक गरेको छ भने तपाईंले च्याट विन्डोमा उसको ‘लास्ट सिन’ वा ‘अनलाइन स्ट्याटस’ देख्न सक्नुहुन्न ।
  • तपाईंले सो व्यक्तिको प्रोफाइल फोटो देख्न सक्नुहुन्न ।
  • यदि कुनै व्यक्तिले तपाईंलाई ब्लक गरेको छ भने तपाईंले पठाएको टेक्स्ट वा मेसेजमा एउटा मात्र ठीक चिन्ह देखिन्छ ।
  • तपाईंले कल गर्दा कल जाँदैन  ।

अब ब्लक गरेका व्यक्ति पहिचान गर्न गाह्रो हुने

यो मेसेजिङ प्लेटफर्ममा प्रयोगकर्ताले सेटिङ मेन्युबाट आफ्नो प्रोफाइल फोटो र स्ट्याटस हाइड (लुकाउन) गर्न सक्छन् । आउने दिनहरूमा ह्वाट्सएपले अनलाइन स्ट्याटसबाट पनि लुकाउन सकिने फिचरमा काम गरिरहेको छ ।

कम्पनीले यो फिचर अगस्टको अन्तसम्म आइसक्ने जानकारी दिएको छ । ह्वाट्सएपमा कुनै पनि व्यक्तिसँग कुरा गर्नुपर्दा इन्टरनेट कनेक्सन हुन आवश्यक छ ।

प्रयोगकर्ताको वाई-फाई वा मोबाइल डेटा अफ छ भने उनीहरूले पठाएको मेसेज जाँदैन, जसले गर्दा मेसेज पठाएको व्यक्तिले ब्लक गरेको हो कि भन्ने लाग्नसक्छ ।

यदि प्रयोगकर्ताले अनलाइन स्ट्याटस, प्रोफाइल फोटो, र स्ट्याटस लुकाएको खण्डमा प्रयोगकर्ताले ब्लक गरेको हो या होइन भन्ने कुरा छुट्याउन मुस्किल पर्छ ।

यदि कुनै व्यक्तिले ब्लक गरेको छ भने पठाएको मेसेजमा एउटा टिक देखिन्छ । यदि ब्लक गरेको छैन भने पठाएको मेसेजमा दुई ओटा टिक मार्क देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४