close

दीक्षान्त समारोह गर्दै त्रिवि, अनलाइनबाट आवेदन दिन सकिने

टेकपाना टेकपाना

भदौ २, २०७९ १७:५८

दीक्षान्त समारोह गर्दै त्रिवि, अनलाइनबाट आवेदन दिन सकिने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले ४८औं दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । एक सूचना जारी गर्दै त्रिविले यही भदौ ५ देखि दीक्षित हुन चाहनेहरूले अनलाइन आवेदन दिनसक्ने जानकारी दिएको छ ।

२०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेभित्र सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक,  स्नातकाेत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र साेही अवधिभित्र विद्यावारिधि तह पूरा गरेका विद्यार्थीहरुले दीक्षान्त समाराेहमा भाग लिन पाउनेछन् ।

दीक्षित हुन चाहनेले असाेज ९ भित्र आवेदन दिन सक्नेछन् ।

कसरी भर्ने ?

अनलाइनबाट दीक्षान्त समारोहको आवेदन भदाै ५ बाट खुला हुनेछ । यसका लागि सुरुमा यहाँ क्लिक गर्नुहोस् र मागिएकाे विवरण भर्नुहोस् ।

आवेदन फाराम भर्दा एमआरपी साइजको फोटो, नागरिकताको प्रमाणपत्र र ट्रान्सक्रिप्टहरूको स्क्यान कपी अनिवार्य रुपमा अपलोड गर्नुपर्नेछ । अनलाइन आवेदन सब्मिट गर्दा सम्पूर्ण पीडीएफ डकुमेन्टहरू प्रिन्ट गरी सुरक्षित राख्नुपर्नेछ ।

दीक्षान्त समारोहसम्बन्धी विस्तृत कार्यक्रमको सूचना प्रकाशित भएपश्चात गाउन स्कार्फ लिन आउँदा सो कागजात परीक्षा नियन्त्रण कार्यालयको तोकिएको शाखामा पेश गरी कार्यालयको छाप लगाई सुरक्षित राख्नुपर्नेछ ।

त्यस्तै दीक्षान्त समारोहमा सहभागी हुन चाहने विद्यार्थीले आवश्यक शुल्क समेत अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाइएको छ । यसका लागि नेपाल बैंक र ग्लोबल आईएमई बैंकको अनलाइन बैंकिङ प्रयोग गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४