ट्रेन्डिङ:
पैसा तिरेर १० लाख प्रयोगकर्ताले चलाउँछन् स्न्यापच्याट ईकमर्स उद्योगको काँचुली फेर्न नयाँ स्वरुपमा आउँदै ‘स्मार्ट डोको’ तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? फोनमा राखेको प्याटर्न बिर्सनुभयो ? यस्तो छ अनलक गर्ने सहज तरिका नेपालमा इनड्राइभर एपको प्रयोग बन्द गराउन माग राख्दै सर्वोच्चमा रिट दायर रिचार्जरमा सिनेमाको टिकेट काट्दा २२० फिर्तादेखि किस्तामा टूर सम्म ‘कमेडी भिडिओ’को नाममा नेवारी लबजलाई होच्याएको आरोपमा अपूर्व क्षितिज पक्राउ यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण फेसबुक मेसेन्जरमा आयो ‘बम्प’ फिचर, कसरी प्रयोग गर्ने ?
close

पैसा तिरेर १० लाख प्रयोगकर्ताले चलाउँछन् स्न्यापच्याट

टेकपाना टेकपाना

भदौ २, २०७९

पैसा तिरेर १० लाख प्रयोगकर्ताले चलाउँछन् स्न्यापच्याट

काठमाडौं । पैसा तिरेर स्न्यापच्याट चलाउने प्रयाेगकर्ताकाे संख्या १० लाख नाघेकाे छ । हालै कम्पनीले स्न्यापच्याटको सशुल्क सेवा स्न्यापच्याट प्लसका प्रयोगकर्ताबारे नयाँ जानकारी दिएकाे हाे ।

मासिक ४ डलर तिरेपछि स्न्यापच्याटकाे याे प्रिमियम सेवा लिन सकिन्छ । यसपछि कम्पनीले परीक्षणमा रहेका विभिन्न फिचरमा प्रयोगकर्तालाई पहुँच प्रदान गर्छ ।

सामाजिक सञ्जालका माध्यमले विज्ञापनबाहेक अन्य कसरी पैसा कमाइरहेका छन् भन्ने कुराको यो एउटा उदाहरण हो ।

ट्वीटरले पनि यही प्रकृतिको सब्स्करिप्सन सेवा उपलब्ध गराउँदै आएको छ, जसलाई ‘ट्वीटर ब्लु’ नाम दिइएको छ । तर, ट्वीटरले हालसम्म पनि सब्स्क्रिप्सन सेवा लिने प्रयाेगकर्ताको सङ्ख्या सार्वजनिक गरेको छैन ।

ट्वीटरभन्दा स्न्यापच्याटका प्रयोगकर्ता धेरै छन् । स्न्यापच्याटका ३४ करोड ७० लाख मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् भने ट्वीटरका २३ करोड ८० लाख मासिक सक्रिय प्रयोगकर्ता छन् ।

प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको एक सर्वेक्षण रिपोर्टअनुसार अमेरिकामा मात्र ५९ प्रतिशत युवाले स्न्यापच्याट प्रयोग गर्छन् भने २३ प्रतिशत युवाले मात्र ट्वीटर प्रयोग गर्ने गर्छन् ।

स्न्यापले सब्स्क्रिप्सन सेवामा थप विभिन्न फिचर समावेश गर्ने जनाएको छ । कम्पनीले स्न्याप स्टोरिज, बिटमोजीका लागि थप ब्याककग्राउण्डजस्ता विविध फिचर ल्याउने बताएको छ ।

‘स्न्यापच्याट प्लस’ अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, न्यूजिल्याण्ड, साउदी अरेबिया, यूएई, भारत, कुवेत, कतार लगायत विभिन्न देशमा उपलब्ध छ ।