close

स्वअध्ययन गरेरै सफल डेभलपर बन्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी ९ तरिका

टेकपाना टेकपाना

भदौ २, २०७९ २१:२८

स्वअध्ययन गरेरै सफल डेभलपर बन्न चाहनुहुन्छ ? अपनाउनुहोस् यी ९ तरिका

काठमाडाैं । एलन मस्कले एकपटक टेस्लामा काम गर्न कलेजकाे डिग्री नचाहिने बताएका थिए । हुन पनि ठूला कम्पनीहरू कलेजकाे डिग्रीलाई धेरै महत्त्व दिँदैनन् । बरू स्वअध्ययन गरेर क्षमता देखाउनसक्ने मानिस यी कम्पनीकाे नजरमा पर्छन् ।

यसकारण कम्पनीमा राम्राे पदमा जागर खान त्यही विषयमा औपचारिक शिक्षा लिन जरूरी छैन । स्वअध्ययन गर्न अनेकन् विकल्प छन् ।

आफूलाई इच्छा लागेको विषयमा तालिम लिन सकिन्छ । विभिन्न पुस्तकहरुको सहयोग लिन सकिन्छ । त्यसो त अहिलेको जमानामा अनलाइन नै स्वअध्ययनको उचित विकल्प हो ।

आफैं जागरूक भएर सिक्दा धेरै फाइदा पनि हुन्छन् । कसैले कर लगाउँदैनन् । आफूलाई मन नपर्ने शिक्षक वा शैक्षिक संस्थामा नियमित रुपमा गइरहनु परेन ।

स्वअध्ययन गर्नेहरु आफ्नाे काममा स्वतन्त्र हुन्छन् । उनीहरुले चाहेकाे कुरा जतिबेला जहाँबाट भएपनि सिक्न सक्छन् । यसरी आफ्नाे ज्ञान/सीप धेरै स्राेत तथा तरिकाबाट विकास गर्न सकिन्छ ।

वास्तमा अध्ययनशील व्यक्ति जहिल्यै ज्ञानकाे भाेकाे हुन्छ ।

संसारमा स्वअध्ययन गरेर सफल डेभलपर (वेब, प्राेगामर) बनेका उदाहरण धेरै छन् । यसैबीच हामी स्वअध्ययनबाट सफल डेभलपर कसरी बन्ने भन्ने विषयमा जानकारी दिँदै छाैं । 

१. प्रत्येक दिन केही याेजनासहित सुरु गर्नुहाेस्

स्वअध्ययन गरेर सफल डेभलपर हुने पहिलाे सर्त हाे, प्रत्येक दिन केही याेजनाका साथ सरु गर्नु । त्याे याेजनामा तपाईंकाे दिनभरकाे कामकाे सूची हुनसक्छ । अथवा तपाईंकाे पूरै दिनकाे सम्पूर्ण विवरण हुनसक्छ ।

यसाे गर्नु भनेकाे तपाईंले आफ्नाे सफलताका लागि बाटाे तय गर्नु हाे । यसाे गर्दा तपाईंलाई आवश्यक पर्ने कुनै कुरा पनि छुट्टिँदैन । साथै सबै काम तपाईंले याेजनाअनुसार समयमा नै गर्न सक्नुहुनेछ ।

२. छाेटाे विश्राम लिइरहनुहाेस्

प्राेगामिङ/काेडिङ गरिरहँदा समय बितेकाे थाहा नै हुँदैन । यसाे हुँदा हामी मानसिक रुपमा अस्वस्थ हुनसक्छाैँ । त्यसकारण आफ्नाे मष्तिकलाई ताजा राख्न समय समयमा छाेटाे विश्राम लिइरहनु पर्दछ । 

  • कति समयमा विश्राम लिने?

हरेककाे काम गर्ने तरिका भिन्नभिन्न हुने भएकाले कतिबेला विश्राम लिने भन्नेबारे यकिन गर्न गाह्राे  छ । तर पनि एउटा सामान्य नियम के छ भन्दा प्राेगामिङमा दुई घण्टा बिताइसकेपछि कम्तीमा २० देखि  ३० मिनेटसम्म विश्राम लिँदा उपयुक्त हुन्छ । विश्राम लिने तरिकाबारे थप जान्न मन छ  भने पाेमाेडाेराे तरिका हेर्न सक्नुहुनेछ । 

  • विश्राम लिएकाे समयमा के गर्ने ?

धेरै मान्छेहरुले आफ्नाे विश्रामकाे समयमा शारीरिक कसरत गर्ने गर्दछन् । तपाईं पनि यस समयमा हिँड्न  सक्नुहुन्छ । गीत सुन्न या ध्यानमा बस्न सक्नुहुन्छ । 

३. विभिन्न विषयहरुबीच परिवर्तन हुनुहाेस् ।

यदि तपाईं स्वअध्ययन गरेर सफल डेभलपर बन्न चाहनुहुन्छ भने विभिन्न अवधारणा/विषयबीच आफूलाई परिवर्तन गर्नु पनि महत्त्वपूर्ण हुन्छ ।

यदि तपाईं कुनै एक अवधारणा/विषयमा राम्रो हुनुहुन्न भने अर्कोमा परिवर्तन हुनुहाेस् । (तर धेरै पटक परिवर्तन नहुनुहाेस्, किन कि तपाईं कुनै निश्चित योजनाको साथ रहन आवश्यक छ)। 

४. अध्ययनमा कठाेर नभई नियमित हुनुहाेस् ।

आफ्नाे अध्ययनकाे कुरा आउँदा कठाेर नभएर नियमित हुनु महत्त्वपूर्ण छ । यसाे गर्नका लागि राम्रो तरिका भनेको आफ्नो अध्ययन/अभ्यास सत्रहरू बदल्नु हाे ।

साथै तपाईं ध्यान केन्द्रित हुनुहुन्छ भनी सुनिश्चित गर्नु हाे । पढाइमा  जबरजस्ती ध्यान लगाउँदा  केही पनि सिक्न नसकिने हुन्छ । यसकारण आफूलाई अनुकूल हुने वातावरणमा नियमित पढाइ गर्नु बढी प्रभावकारी र महत्त्वपूर्ण हुन्छ । 

५. रमाइलाे बनाउनुहाेस्

कुनै पनि नयाँ कुरा सिक्नु उति सजिलाे हुँदैन । यदि तपाईंलाई पनि यस्तै कुनै नयाँ कुरा सिक्दा अप्ठ्याराे भइरहेकाे छ भने केही समय विश्राम लिनुहाेस् ।

सिक्ने प्रक्रियामा तपाईं खुसी हुनुभएन भने तपाईंले केही सिक्न सक्नुहुन्न । यसकारण विभिन्न क्रियाकलापहरु गर्दै सिकाइ प्रकियालाई रमाइलाे बनाउनुहाेस् ।

यसले तपाईंकाे सिकाइ क्षमतामा समेत सकारात्मक प्रभाव पार्दछ ।

६. सिकाइलाई बलियो बनाउनको लागि दाेहाेर्‍याउने बानी गर्नुहाेस्

सिकाइका सबैभन्दा उत्तम विधिमध्ये एक आफूले पढिसकेका कुरालाई दाेहाेर्‍याउनु हाे ।

सामान्यतया याे विधिमा ३० देखि ६० मिनेट आफूले पढेकाे कुरा दाेहाेर्‍याउनु, सिकेको कुरा सम्झनसक्ने तपाईंको क्षमताको परीक्षण गर्ने अभ्यास गर्नु आदि पर्दछन् ।

याे विधिले तपाईंले सिकेकाे कुरा धेरै लामाे समयसम्मका लागि सम्झन मद्दत गर्दछ । 

७. प्रगतिकाे समीक्षा गर्दै त्यसै अनुरुप  याेजना  बनाउनुहाेस्

एक पटक तपाईंले आफ्नाे उद्देश्य तय गरिसकेपछि त्याे पूरा गर्न लाग्ने समय पत्ता लगाउनु पर्दछ । त्यसबाहेक यहाँ तीन चीज छन्, जसले तपाईंलाई मद्दत गर्नेछन्:

  • आफ्नाे प्रगतिकाे समीक्षा गर्दै त्यसै अनुसार काम गर्दै जानुहाेस्
  • आफू केमा राम्राे हुनुहुन्छ, त्यसैमा बढी ध्यान दिनुहाेस् । यसकाे मतलब एउटा समयमा एउटा मात्रै सीप सिक्नुहाेस् । एकै समयमा धेरै कुरा सिक्ने प्रयास नगर्नुहाेस् । 
  • साथीभाइसँग साेधेर हाेस् या गुगलमा खाेजेर, नयाँ विषय/जानकारीहरु खाेज्नुहाेस् । यसले तपाईंकाे सिक्ने प्रक्रियालाई धेरै नै प्रभावकारी बनाउँदछ ।

८. नाेटहरु हातले बनाउने गर्नुहाेस्

नाेटहरु हामीसँग प्रशस्त मात्रामा भयाे भने पढ्न पनि सजिलाे हुन्छ । नाेटहरु हातले या कम्प्युटरमा बनाउन सकिन्छ । तर यदि तपाईंले हातले नै नाेटहरु बनाउन भयाे भने तपाईंलाई पढेका कुरा सम्झन अलि सजिलाे हुन्छ ।

यसकारण डिजिटल माध्यममा नाेटहरु बनाउनुभन्दा हातले नै नाेटहरु बनाउँदा पढाइ प्रभावकारी हुन्छ । यसले तपाईंकाे  स्वअध्ययनलाई सहयाेग गर्दछ । 

९. कोड याद गर्नुको सट्टा सिद्धान्त बुझ्नमा ध्यान दिनुहोस्

स्वअध्ययन गरेर सफल डेभलपर हुने सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकाे काेड याद गर्ने काम बन्द गर्नु हाे । तपाईंले काेडहरु याद गर्न थाल्नुभयाे सफल डेभलपरकाे बन्ने सपना नदेख्दा हुन्छ ।

याद गर्नुकाे सट्टा सिद्धान्त बुझ्नमा बढी समय खर्च गर्नुभयाे चाँडाे सफल हुन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४