close

एडिडासले ल्यायो सोलारबाट चल्ने हेडफोन

टेकपाना टेकपाना

भदौ २, २०७९ २०:५६

एडिडासले ल्यायो सोलारबाट चल्ने हेडफोन

काठमाडौं । सोलरबाट चल्ने ग्याजेट नयाँ होइनन् । लजिटेकले एक वर्षभन्दा बढी समयदेखि त्यस्तो किबोर्ड बिक्री गरेको छ, जुन तपाईँले कहिल्यै प्लगइन गर्नै पर्दैन ।

तर डिजाइनमा सोलार कोष मिसाइएको अडियो हेडसेटको कुरा गर्ने हो भने यही साता मात्र बजारमा आएको छ । मङ्गलबार एडिडासले आरपीटी-०२ एसओएल हेडसेट सार्वजनिक गरेको हो ।

पुनःप्रयोगमा ल्याइएको प्लास्टिकबाट बनेको यो हेडसेटको मूल्य २३० अमेरिकी डलर (करिब २९ हजार रुपैयाँ) मूल्य राखिएको छ । जसमा एक्सेगरको पावरफोयल सोलार सेलसँगै आफैँ चार्ज हुने ब्लुटुथ क्यानहरू राखिएका छन् ।

जुन गत वर्ष आएको अर्बानिस्टा लस एन्जल्सको सोलार पावर हेडफोनमा प्रयोग गरिएको जस्तै प्रविधि हो । त्यसको ब्याट्रीमा पनि ८० घण्टाको ‘रिजर्भ’ लाइफ रहेको थियो ।

एडिडासले यसमा ‘एक्टिभ न्वाइज क्यान्सिलेसन’ रहेनरहेको विषयमा स्पष्ट खुलाएको भने छैन । यद्यपि यसमा आईपी एक्स फोर वाटर रेसिस्टेन्स, एउटा माइक्रोफोन र ब्याकअप चार्जिङका लागि एउटा यूएसबी टाइप‍ सी पोर्ट दिइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४