ट्रेन्डिङ:
एडिडासले ल्यायो सोलारबाट चल्ने हेडफोन एन्ड्रोइड फोनमा यसरी प्रयोग गर्नुहोस् 'कार क्र्याश डिटेक्सन' फिचर यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? आफ्नो फेसबुकको स्क्रिनशट कसैले लिन नसकोस् भन्ने चाहनुहुन्छ ? यसो गर्नुहोस् एप्पल म्याप र गुगल म्यापमा कुन उत्कृष्ट ? यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? २० जना नेपाली विद्यार्थीलाई प्रविधि प्रशिक्षण दिँदै ह्वावे, यसरी दिनुहाेस् आवेदन ओप्पोको दशैं अफर, स्मार्टवाचदेखि स्मार्टफोनसम्म जित्ने अवसर एक अनाथले बनाएको रोलेक्स, यसरी बन्यो धनाढ्यको हातमा सजिने संसारकै महँगो घडी
close

एडिडासले ल्यायो सोलारबाट चल्ने हेडफोन

टेकपाना टेकपाना

भदौ २, २०७९

एडिडासले ल्यायो सोलारबाट चल्ने हेडफोन

काठमाडौं । सोलरबाट चल्ने ग्याजेट नयाँ होइनन् । लजिटेकले एक वर्षभन्दा बढी समयदेखि त्यस्तो किबोर्ड बिक्री गरेको छ, जुन तपाईँले कहिल्यै प्लगइन गर्नै पर्दैन ।

तर डिजाइनमा सोलार कोष मिसाइएको अडियो हेडसेटको कुरा गर्ने हो भने यही साता मात्र बजारमा आएको छ । मङ्गलबार एडिडासले आरपीटी-०२ एसओएल हेडसेट सार्वजनिक गरेको हो ।

पुनःप्रयोगमा ल्याइएको प्लास्टिकबाट बनेको यो हेडसेटको मूल्य २३० अमेरिकी डलर (करिब २९ हजार रुपैयाँ) मूल्य राखिएको छ । जसमा एक्सेगरको पावरफोयल सोलार सेलसँगै आफैँ चार्ज हुने ब्लुटुथ क्यानहरू राखिएका छन् ।

जुन गत वर्ष आएको अर्बानिस्टा लस एन्जल्सको सोलार पावर हेडफोनमा प्रयोग गरिएको जस्तै प्रविधि हो । त्यसको ब्याट्रीमा पनि ८० घण्टाको ‘रिजर्भ’ लाइफ रहेको थियो ।

एडिडासले यसमा ‘एक्टिभ न्वाइज क्यान्सिलेसन’ रहेनरहेको विषयमा स्पष्ट खुलाएको भने छैन । यद्यपि यसमा आईपी एक्स फोर वाटर रेसिस्टेन्स, एउटा माइक्रोफोन र ब्याकअप चार्जिङका लागि एउटा यूएसबी टाइप‍ सी पोर्ट दिइएको छ ।