ट्रेन्डिङ:
वाणिज्य बैंकको नामबाट फेसबुक प्रयोगकर्तालाई फसाउन खोज्दै ह्याकर, यस्तो लिङ्कमा क्लिक नगर्नु ! अन्ततः सुरु भयो एमडीएमएस, अब गैरकानूनी मोबाइल नेपालमा नचल्ने टिकटकले सुरु गर्‍यो सब्सक्रिप्सनको परीक्षण, क्रियटरले भिडिओबाटै पैसा कमाउन सक्ने थाहा पाइराख्नुहोस् मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ टेकपाना विक्ली टेक अपडेट, २१ फागुन, २०७७ थाहा पाइराख्नुहोस् मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ डिशहोमको डबल धमाका तिहारमा पनि, हरेक हप्ता एक लाख जित्ने अवसर ‘डार्कवेबमा बिक्रीका लागि राखिएको कल डिटेल नेपाल टेलिकमको होइन’ आईटी विद्यार्थीलाई जापानी कम्पनीमा इन्टर्नशिप गर्ने मौका प्रधानमन्त्री ओलीको फोटो दुरुपयोग गर्दै फेसबुकमा फिशिङ आक्रमण
close

वाणिज्य बैंकको नामबाट फेसबुक प्रयोगकर्तालाई फसाउन खोज्दै ह्याकर, यस्तो लिङ्कमा क्लिक नगर्नु !

टेकपाना टेकपाना

भदौ ३, २०७९

वाणिज्य बैंकको नामबाट फेसबुक प्रयोगकर्तालाई फसाउन खोज्दै ह्याकर, यस्तो लिङ्कमा क्लिक नगर्नु !

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाममा अहिले फेसबुकमा ‘फिशिङ लिङ्क’ (झुक्याएर माछालाई बल्छीमा पारेजस्तै इन्टरनेट प्रयोगकर्तालाई जालमा पार्ने दुष्प्रयत्न) फैलिरहेको छ । ‘फिशिङ लिङ्क’ रहेको उक्त साइट राष्ट्रिय वाणिज्य बैंककै जस्तो वास्तविक देखिने भएकाले जो कोही पनि झुक्किन सक्ने सम्भावना छ ।

साइटमा विजेता वा लक्की ड्र केही लेखिएको छैन । जसले गर्दा कुनै जानकारीका लागि होला भन्ने लाग्छ । लिङ्कमा क्लिक गरिसकेपछि सम्पूर्ण डेटा ‘फिसिङ’मा (ह्याकरको हातमा) पर्छ ।

सँगसँगै लिङ्क खोल्ने व्यक्तिको मेसेन्जरबाट उक्त लिङ्क विभिन्न व्यक्तिलाई स्वतः फरवार्ड हुन्छ । राष्ट्रिय वाणिज्य बैंकका सूचना तथा सञ्चार प्रमुख रिको स्थापितले टेकपानासँग कुरा गर्दै भने, “राष्ट्रिय वाणिञ्ज बैंकले नाममा फिशिङ लिङ्क फैलिरहेको रहेछ । यसबाट बच्न त्यस्ता लिङ्क नखोल्न आग्रह गर्छु ।”

बैंकको आधिकारिक सामाजिक सञ्जालका पेज वा वेबसाइट बाहेक अन्य साइटमा आएका लिङ्कमा विश्वास नगर्न उनले अनुरोध गरेका छन् । यसबारे थप सजगता अपनाउन राष्ट्रिय वाणिज्य बैंकले सूचना समेत प्रकाशन गर्ने उनले बताए ।

सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमा फैलेको यो लिङ्क नयाँ विन्डोजमा खोल्ने हो भने पाँच हजार पुरस्कारका लागि आवेदन दिन सकिने प्रलोभन बाँडिएको देखिन्छ । रकम त्यति ठूलो नभएकाले पनि धेरैलाई आधिकारिक जस्तो नै लाग्न सक्छ ।

त्यस्तै साइटमा रहेका कमेन्ट हेर्ने हो भने पनि आधिकारिक जस्तो नै देखिन्छ । त्यहाँ भएका विभिन्न प्रश्नको उत्तर दिँदै गयो भने फेसबुक मेसेन्जर र ह्वाट्सएपको ‘प्रमिसन’ (अनुमति) माग्छ ।

यदि त्यस्तो अनुमति दिएको खण्डमा तपाईँको ह्वाट्सएप वा फेसबुक नै ह्याक हुन्छ र उनीहरूले तपाईँको अकाउन्टबाट थप व्यक्तिलाई त्यस्तो ‘फिशिङ लिङ्क’ पठाएर फसाउन सक्छन् ।