close

नयाँ स्मार्टफोन बेन्को भी ६२ नेपाली बजारमा, मूल्य साढे १० हजार मात्र

टेकपाना टेकपाना

भदौ ३, २०७९ १३:९

नयाँ स्मार्टफोन बेन्को भी ६२ नेपाली बजारमा, मूल्य साढे १० हजार मात्र

काठमाडौं । बेन्कोले आफ्नो नयाँ मोडेल भी ६२ नेपाली बजारमा ल्याएको छ । कम्पनीले बिहीबार नेपाली बजारमा सार्वजनिक गरेको यो फोनको पछाडि भागमा दुई ओटा १२ मेगापिक्सेलका क्यामेरा रहेका छन् ।

जसमा सोनीको क्यामेरा सेन्सर प्रयोग गरिएको छ । यस्तै फोनको अगाडि भागमा पाँच मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।  जसले कम प्रकाश भएको अवस्थामा समेत चहकिलो फोटो खिच्न सक्ने कम्पनीको दाबी छ ।

फोनमा ६.१ इन्चको एचडी प्लस वाटर ड्रप डिस्प्ले दिइएको छ । ३५०० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोन दुई जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज पाउन सकिन्छ । एन्ड्रोइड ११ मा आधारित यो मोबाइलमा फेस तथा फिङ्गरप्रिन्ट अनलकको सुविधा छ ।

८५ प्रतिशत स्क्रिन रेसियो र १९.५ बाई ९ एस्पेक्ट रेसियो भएको यो फोन हातमा सहजै अडिने किसिमको छ । क्वाडकोर चिपसेट दिइएको यो फोनमा टुजी, थ्रीजी र फोरजीको सपोर्ट रहेको छ ।

दुई ओटा नानो सिम र एउटा माइक्रो एसडी सपोर्ट गर्ने बेन् भी ६२ ब्लू र ग्रीनिश सिल्भर रङ्गमा पाउन सकिन्छ । यसको मूल्य नेपाली बजारमा दश हजार ४९९ रुपैयाँ राखिएको छ । मोबाइल फोनको क्षेत्रमा १० वर्ष भन्दा लामो अनुभव भएको इनोने टेक्नोलोजी अन्तर्गतको बेन्को ब्रान्डका मोबाइल विश्वका २८ भन्दा बढी देशमा उपलब्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४