close

टिकटक र बिरियलको लोकप्रियतासँगै ‘शीर्ष १०’ एपको सूचीबाट बाहिरिँदै फेसबुक

टेकपाना टेकपाना

भदौ ३, २०७९ १६:११

टिकटक र बिरियलको लोकप्रियतासँगै ‘शीर्ष १०’ एपको सूचीबाट बाहिरिँदै फेसबुक

काठमाडौं । अमेरिकी एप स्टोरमा उत्कृष्ट १० एपको सूचीमा कायम रहिरहन फेसबुकले यो वर्ष निकै संघर्ष गरिरहेको छ । आईफोन एप स्टोरको तथ्याङ्क विश्लेषणबाट यस्तो तथ्य बाहिर आएको हो ।

युवा पुस्ताका ग्राहक टिकटक र बिरियल जस्ता नयाँ सामाजिक सञ्जालको अनुभवतर्फ आकर्षित हुँदै गएपछि प्रविधिको दिग्गज कम्पनी मेटाको लोकप्रिय फेसबुक एप तालिकाको शीर्ष सूचीबाट बाहिरिने अवस्था आएको हो । उदाहरणको लागि गत वर्ष अमेरिकाको आईफोन एपमा निःशुल्क तर्फ शीर्ष दशको सूचीबाट फेसबुक सात पटक बाहिर धकेलिएको थियो ।

यसबाट के सङ्केत देखिन्छ भने एपस्टोरमा शीर्ष सूचीमा नयाँ एपले जोड गरिरहँदा फेसबुकको धरातल गुमाइरहेको बुझिन्छ । सोझो तवरमा तुलना गर्दा सन् २०२१ को पहिलो अर्धवार्षिक अवधिमा मात्रै फेसबुकको एप एप स्टोरको शीर्ष १० एपको सूचीबाट छ पटक बाहिरिएको थियो ।

२०२२ मा समग्र ३७ दिनमा यो एप ‘टप टेन’को सूचीमा पर्न सफल भएको सेन्सर टावरको रिपोर्टमा उल्लेख छ । जब कि सन् २०२१ मा समग्र दुई दिनमा मात्रै टप टेनको सूचीमा रहेको थियो । एप स्टोरको तथ्याङ्क उपलब्ध गराउने अर्को प्रदायक डेटा डट आईओले समेत यो निष्कर्षलाई साथ दिएको छ ।

अप्रिल फेसबुकका लागि सबैभन्दा नराम्रो महिना रह्यो । अप्रिल १८ का दिन फेसबुकको वरियता ३० औँ स्थानमा सीमित भएको थियो । त्यसपछि २१ अप्रिलसम्म आइपुग्दा ४४ सम्म अस्किएको थियो ।

उल्लेखनीय कुरा त के छ भने त्यही समयमा बिरियल भने एप स्टोरको शीर्ष सूचीमा उक्लिएको थियो । यति सम्म कि यो एप एक समय शीर्ष ५ भित्र समेत अटाउन सफल भएको थियो ।

आजको दिनमा अमेरिकी एप स्टोरमा गैर गेमिङ एपतर्फ बिरियल पहिलो नम्बरमा छ । यो प्रवृत्तिले फेसबुक एप यस अघिका वर्षहरूको तुलनामा शीर्ष दश एपभित्र अडिने निरन्तरतामा कमी आएको देखाउँछ ।

शीर्ष १० एपको सूचीमा अटाउनुलाई एपको सफलतासँग जोडेर हेर्ने गरिन्छ । यो विषय नयाँ प्रयोगकर्तालाई आकर्षित गर्ने कम्पनीको क्षमताको सङ्केत समेत हो ।

यद्यपि मासिक सक्रिय प्रयोगकर्ताको हिसाबले भने पछिल्लो त्रैमासिक अवधिमा पनि फेसबुक शीर्ष एपकै सूचीमा छ । नयाँ प्रयोगकर्ता भित्र्याउने शीर्ष एपहरूको सूचीबाट फेसबुक बाहिरिनुलाई कम्पनीका लागि कोरोना महामारीको समयभन्दा समस्याग्रस्त हुने विश्लेषण गरिएको छ । तत्कालीन समयमा जुमले उच्च वृद्धि कायम गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४