ट्रेन्डिङ:
निःशुल्क भीपीएनका लाखौं प्रयोगकर्ताको डेटा लिक ईमेल लेख्न सघाउने उपयोगी वेबसाइट क्लिनफिडपछि ३० प्रतिशतले छाडे टेलिभिजनको रिचार्ज गर्न, अदालत जाने तयारीमा केबल व्यवसायी अब फेसबुकमा चुनावका लागि छुट्टै खण्ड, राजनीतिक विज्ञापन बन्द गर्ने अधिकार प्रयोगकर्तामा ग्लोकल टिन हिरोमा उत्कृष्ट २० छानिए ३५ सयले लिए टेलिकमकाे ई-सिम प्ले स्टोरमा नयाँ अपडेट, अब स्मार्टफोनबाटै अन्य डिभाइसका लागि एप डाउनलोड गर्न सकिने सस्तो मूल्यमा ‘नोकिया ३.४’ नेपाली बजारमा, यस्ता छन् आकर्षक फिचर बन्द हुँदै गुगलको क्लाउड गेमिङ सर्भिस 'स्टाडिया' जूमजस्तै गूगल मीट अब सबैका लागि निःशूल्क, यसरी गर्नुहोस् प्रयोग
close

निःशुल्क भीपीएनका लाखौं प्रयोगकर्ताको डेटा लिक

टेकपाना टेकपाना

भदौ ३, २०७९

निःशुल्क भीपीएनका लाखौं प्रयोगकर्ताको डेटा लिक

काठमाडौं । निःशुल्क रूपमा उपलब्ध भीपीएन एपमार्फत पाँच अर्ब ७० करोड भन्दा बढी डेटा लिक भएको पाइएको छ । साइबरन्युजले गरेको अनुसन्धानबाट ‘एयरप्लेन एक्सेलेरेट एप’ को चिनियाँ भर्सनको डेटा लिक भएको हो ।

गुगल प्ले स्टोरमा मात्रै यो एपले तीन हजार भन्दा बढी रिभ्यु पाएको छ । यो एपको डेटा लिक हुँदा लाखौं प्रयोगकर्ताको महत्त्वपूर्ण जानकारी बाहिरिएको उल्लेख छ । जसमा प्रयोगकर्ताको आईपी एड्रेस, डोमेन नेम, ईमेल लगायत रहेका छन् ।

यो एप विन्डोज, म्याकओएस, आईओएस र एन्ड्रोइड सबैमा उपलब्ध छ । जसले गर्दा लाखौं अथवा करोडौं चिनियाँ प्रयोगकर्ता यसबाट प्रभावित भएको हुनसक्ने आँकलन गरिएको छ ।

अध्ययन संस्थाका अनुसन्धानकर्ता एरास नाजारोभासका अनुसार यो डेटा लिक सामान्य डेटा लिकको तुलनमा निकै संवेदनशिल रहेको छ । यो डेटालाई ‘डि–एनोनिमाइज’ गरेर प्रयोगकर्तालाई ट्रयाक गर्न सक्ने जोखिम रहेको छ ।

अर्थात अव्यवस्थित रुपमा लिक भएको डेटालाई यसअघिको व्यवस्थित डेटासँग मिलाएर त्यहाँबाट प्रयोगकर्ताको महत्त्वपूर्ण जानकारी निकालेर ह्याकरले उनीहरूको उपकरणमा समेत पहुँच बनाउन सक्छन् । यो एप अस्ट्रेलियन कम्पनी एपी नेटर्वकले निर्माण गरेको हो ।