ट्रेन्डिङ:
अब आईफोनबाट पठाइसकेको मेसेज फिर्ता ल्याउन र एडिट गर्न सकिने भारतमा आईफोन १४ को उत्पादन सुरु आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल सर्च इन्जिनका लागि टिकटक प्रयोग गर्दै युवा पुस्ता बन्द भयो ग्लोबल आईएमईको १० वर्ष पुरानो मोबाइल बैंकिङ एप, नयाँ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न आग्रह दृष्टिविहीनका लागि आँखाको काम गर्ने चस्मा आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या !
close

अब आईफोनबाट पठाइसकेको मेसेज फिर्ता ल्याउन र एडिट गर्न सकिने

टेकपाना टेकपाना

भदौ ३, २०७९

अब आईफोनबाट पठाइसकेको मेसेज फिर्ता ल्याउन र एडिट गर्न सकिने

काठमाडौं । एप्पलको नयाँ अपरेटिङ सिस्टम आईओएस १६ आगामी सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । उक्त अपडेटपछि आईमेसेज एपबाट पठाएको मेसेज डिलिट गर्न वा एडिट गर्न सकिनेछ ।

यसको अर्थ तपाईँले पठाइसकेको मेसेज एडिट गर्न सकिने छ । तपाईँले एडिट गरेर पठाएको मेसेज पाउने व्यक्तिले पहिला के थियो भन्ने कुरा समेत हेर्न सक्नेछ । तर, त्यसका लागि पनि अर्को व्यक्तिले आईओएसको १६ औँ संस्करण प्रयोग गरेको हुनुपर्छ ।

साथै तपाईँले यदि झुक्किएर कोही अर्कै व्यक्तिलाई मेसेज पठाउनु भयो भने ‘अनसेन्ड’ (फिर्ता) पनि गर्न सक्नु हुनेछ । यो फिचर आईओएस १६ को बेटा भर्सनमा समेत उपलब्ध छ । 

जसलाई तपाईँले अहिले पनि डाउनलोड गरेर प्रयोग सक्नुहुन्छ । यो फिचरका लागि सन् २०१७ पछि सार्वजनिक भएको आईफोन आवश्यक पर्छ ।

आईओएस १६ भएका आईफोनमा आईमेसेज एडिट गर्ने तरिका  

  • सबैभन्दा पहिले आईफोनको आईमेसेजबाट कसैलाई मेसेज पठाउनुहोस् ।
  • त्यसपछि आफूले एडिट गर्न चाहेको मेसेजमा केही लामो समयसम्म दबाउनुहोस् ।
  • त्यसपछि एडिटको अप्सन छान्नुहोस् ।
  • आफ्नो मेसेज सच्याएर छेउमा भएको निलो टिक आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सो म्यासेज पाउने व्यक्तिले एडिट गरेको नोट देख्न सकिन्छ ।

आईओएस १६ भएको आईफोनमा आईमेसेज फिर्ता ल्याउने तरिका

  • सबैभन्दा पहिले आईफोनबाट कसैलाई मेसेज पठाउनुहोस् ।
  • त्यसपछि मेसेजमा केही बेर दबाउनुहोस् ।
  • त्यसपछि अनडु सेन्ड (Undo send) छान्नुहोस् ।

यति गरेपछि आफूले पठाएको मेसेज हटाउन सकिन्छ । तर, यदि मेसेज अनसेन्ड गरिएको व्यक्तिले आफ्नो आईफोनमा आईओएस १६ अपडेट भने गरेको हुनुपर्दछ ।