ट्रेन्डिङ:
एन्ड्रोइडमा रहेका ३५ एपमा भेटियो भाइरस, आफ्नो मोबाइलबाट तत्काल डिलिट गर्न आग्रह यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ? मोबाइल पड्किने सम्भावित ७ कारण अन्ततः घरघरमा जोडिने भए स्मार्ट मिटर, विद्युत प्राधिकरणलाई फ्रिक्वेन्सी दिने सरकारको निर्णय मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘बाई नाउ, पे लेटर’ सुविधा ल्याउँदै नेप्स तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? यस्तो छ गुगल प्ले स्टोरबाट ई-सेवा एप हट्नुको कारण तातो खाना फ्रिजमा राख्दा के हुन्छ ? आईसीटी प्रयोगमा तनहुँकै नमूना विद्यालय यसकारण ढिलो चार्ज हुन्छ मोबाइल, कतै तपाईंले गल्ती त गरिरहनु भएको छैन ?
close

एन्ड्रोइडमा रहेका ३५ एपमा भेटियो भाइरस, आफ्नो मोबाइलबाट तत्काल डिलिट गर्न आग्रह

टेकपाना टेकपाना

भदौ ३, २०७९

एन्ड्रोइडमा रहेका ३५ एपमा भेटियो भाइरस, आफ्नो मोबाइलबाट तत्काल डिलिट गर्न आग्रह

काठमाडौं । हुन त गुगल तथा एप्पलको आधिकारिक स्टोरबाट एप डाउनलोड गर्नु सुरक्षित नै मानिन्छ । किन भने त्यस्ता स्टोरमा ‘मालिसियस’ (खराब आसय भएका) एप रोक्नका लागि विभिन्न प्रविधिको प्रयोग गरिएको हुन्छ ।

तर, पनि कतिपय अवस्थामा गुगल तथा एप्पलका त्यस्ता प्रविधिलाई समेत छलेर क्रियटरहरूले स्टोरमा एप अपलोड गर्न सफल हुन्छन् । त्यस्ता ३५ ओटा मालवेयर युक्त एप यतिबेला गुगल प्ले स्टोरमा भेटिएका छन् ।

जसलाई प्रयोगकर्ताले लाखौं पटक डाउनलोड गरिसकेका छन् । यदि तपाईँको मोबाइलमा समेत यी एप छन् भने तत्कालै हटाउन साइबर अनुसन्धानकर्ताहरूले आग्रह गरेका छन् ।

साइबर सेक्युरिटी कम्पनी ‘बिटडिफेण्डर’ले प्ले स्टोरमा रहेका मालवेयर युक्त ३५ ओटा एपको सूची सार्वजनिक गरेको हो । यस्ता एप प्रयोगकर्ताले मोबाइलमा डाउनलोड गरेसँगै आइकन, एपको नाम लगाएका सबै कुरा परिवर्तन हुने र डिभाइसमा लुकेर बस्ने जनाइएको छ ।

धेरैजसो यस्ता एप ‘सेटिङ’ आइकनको रुपमा लुकेर बसेका हुन्छन् । जब त्यस्तो फेक सेटिङ आइकनमा क्लिक गरिन्छ, तब उक्त एपले प्रयोगकर्तालाई वास्तविक सेटिङमै पुर्‍याउने जनाइएको छ ।

जसले प्रयोगकर्तालाई आफैँले सेटिङ एप प्रयोग गरिरहेको भान पार्न सफल हुन्छ । त्यतिमात्रै नभएर यस्ता एप रिसेन्ट एपमा समेत नबस्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

यस्तोमा उनीहरूले एन्ड्रोइडको सुरक्षा प्रणालीलाई नै तोडेर आफ्नै फ्रेमवर्कमा विज्ञापन चलाउने गर्छन् । यो विषय सबैभन्दा घातक रहेको अनुसन्धानकर्ताले बताएका छन् । यस्तोमा अनुसन्धानकर्ताले यदि मोबाइलमा यस्ता एप भएको खण्डमा हटाउन आग्रह गरेका हुन् ।

यस्ता छन्, मालवेयर युक्त ३८ एप

  • Walls light – Wallpapers Pack: 100K+
  • Big Emoji – Keyboard: 100K+
  • Grad Wallpapers – 3D Backdrops: 100K+
  • Engine Wallpapers – Live & 3D: 100K+
  • Stock Wallpapers – 4K & HD: 100K+
  • EffectMania – Photo Editor: 100K+
  • Art Filter – Deep Photoeffect: 100K+
  • Fast Emoji Keyboard: 100K+
  • Create Sticker for Whatsapp: 100K+
  • Math Solver – Camera Helper: 100K+
  • Photopix Effects – Art Filter: 100K+
  • Led Theme – Colorful Keyboard: 100K+
  • Keyboard – Fun Emoji, Sticker: 50K+
  • Smart Wifi: 10K+
  • My GPS Location: 10K+
  • Image Warp Camera: 100K
  • Art Girls Wallpaper HD: 100K+
  • Cat Simulator: 50K+
  • Smart QR Creator: 10K+
  • Colorize Old Photo: 500+
  • GPS Location Finder: 100K
  • Girls Art Wallpaper: 10K+
  • Smart QR Scanner: 50K+
  • GPS Location Maps: 100K
  • Volume Control: 50K+
  • Secret Horoscope: 10K+
  • Smart GPS Location: 10K+
  • Animated Sticker Master: 100K
  • Personality Charging Show: 100K
  • Sleep Sounds: 100K
  • QR Creator: 10K+
  • Media Volume Slider: 10K+
  • Secret Astrology: 10K+
  • Colorize Photos: 10K+
  • Phi 4K Wallpaper – Anime HD: 50K+