close

अब युट्युब शर्ट्सबाट डाउनलोड गरेको भिडियोमा पनि वाटरमार्क आउने

टेकपाना टेकपाना

भदौ ३, २०७९ १८:२४

अब युट्युब शर्ट्सबाट डाउनलोड गरेको भिडियोमा पनि वाटरमार्क आउने

काठमाडौं । युट्युब शर्ट्समा अपलोड गरिएका भिडिओ डाउनलोड गरी अन्य प्लेटर्फममा प्रयोग गर्ने क्रम बढेसँगै कम्पनीले त्यस्ता भिडियोमा वाटरमार्क राख्ने भएको छ । भिडिओ क्रियटरले युट्युब सर्टमा भिडिओ बनाउने र त्यसलाई डाउनलोड गरी टिकटक, रिल्स लगायतका अन्य प्लेटर्फममा समेत राख्ने गरेका छन् ।

त्यसरी भिडिओ डाउनलोड गरी अन्य प्लेटफर्ममा राख्दा युट्युब शर्ट्सलाई कुनै क्रेडिट समेत दिँदैनन् । “यस्तोमा हामीले शर्ट्स  भिडियोमा वाटरमार्क राख्न थालेका हौँ,”  कम्पनीका प्रतिनिधिले भनेका छन, “हामीले शर्ट्सबाट डाउनलोड गरिएका भिडिओमा वाटरमार्क राख्न थालेको छौँ । जसले गर्दा भिडिओ हेर्ने प्रयोगकर्ताले यो भिडियो युट्युब शर्ट्स बाट डाउनलोड गरिएको हो भन्ने कुरा सहजै बुझ्नेछन् ।”

पछिल्लो समय सबै माध्यमहरू छोटोका क्रियटर र भिजिटरका लागि लडाइ गरिरहेका छन् । यस्तोमा टिकटकले पनि आफ्नो प्लेटर्फबाट डाउनलोड हुने भिडिओमा प्रयोगकर्ताको युजर नेमका साथै टिकटकको वाटरमार्क सहित आउने बनाएको छ । जसले गर्दा भिडिओ हेर्नेले भिडियोको अधिकार प्राप्त व्यक्ति सहजै पहिचान गर्न सक्छन् ।

इन्स्टाग्रामको रिल्समा भने धेरै जसो टिकटकमा बनाइएका भिडिओ नै पुनः पोस्ट गर्ने गरिएको पाइन्छ । यसअघि कम्पनीले अन्य प्लेटर्फमका वाटरमार्क युक्त भिडिओलाई प्रवर्द्धन नगर्ने जनाएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४