ट्रेन्डिङ:
close

डोमेन नेमले भाग्य फेरिएको मुलुकको कथा

टेकपाना टेकपाना

भदौ ३, २०७९

डोमेन नेमले भाग्य फेरिएको मुलुकको कथा

काठमाडौं । २०२० को वर्ष ‘वृहत पुनरसंरचना’ को वर्ष रह्यो । हालका वित्तीय प्रणालीमाथिको विश्वास घटिरहँदा बिटक्वाइन अझ आकर्षक बन्दै गइरहेको छ । बहुमूल्य तेलको स्थान डेटाले लिइसकेको छ ।

यी वास्तविकता पृथ्वीको एउटा सुमधुर, दुर्गम र सानो टापु मुलुक टुभालुका लागि भने फाइदाजनक साबित हुँदै गइरहेको छ । प्रशान्त महासागरमा ९ वटा ससाना टापुका थुम्काहरुले मिलेर बनेको २६ वर्ग किलोमिटरको यो सानो तटीय मुलुकमा ११ हजार जनसंख्याको बसोबास छ ।

टुभालुको आयको मूख्य स्रोत भनेको बिदेशी ट्रलर्स (माछा मार्ने जहाज) लाई फिसिङ लाइसेन्स बेच्ने र सुकेका नरिवललाई निर्यात गर्ने हो । तर यति मात्र कुराहरुबाट टुभालुको अर्थतन्त्र दिगो रहन सक्दैन ।

वातावरण तथा उद्योगमा भएका परिवर्तनले त्यहाँ बाँच्नका लागि पुरानो तरिका अब असान्दर्भिक हुन थाल्यो । तर सौभाग्यवश आज टुभालुले अहिले आफ्नो अर्थतन्त्रको भविष्यलाई दुई अक्षरको डोमेन नेम ‍.tv मा निर्भर गराउन सफल भएको छ ।

टुभालुको यो इन्टरनेटको दुई अक्षरमा आजभोलिको तेल बराबरको मूल्य लुकेर बसेको छ । टुभालुका लागि यो डोमेन नेम पनि एउटा प्राकृतिक संशाधन नै हो ।

टुभालुको यो कथा तब सुरु हुन्छ जब ऊ वातावरणीय असरसँग जुध्दै आफ्नो अस्तित्व बचाऊका लागि लडिरहेको थियो । १९९० को दशकमा जब इन्टरनेट भर्खरै सुरु भएको थियो । तब इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम एण्ड नम्बर्सले सबै मुलुकलाई उनीहरुको डोमेन नेम प्रदान गरिरहेको थियो ।

संयुक्त राज्य अमेरिकाले .us पाएको थियो, जापानले .jp पाएको थियो, न्युजिल्याण्डको .nz तब टुभालुले पनि .tv डोमेन नेम पाएको थियो । जुन कालान्तरमा आएर उसको लागि ठूलो चिठ्ठा साबित हुन आयो ।

१९९७ सम्म नरिवल र माछा निर्यात गरेर अर्थोपार्जन धानिरहेको ११ हजार जनसंख्याको टापुको भाग्य तब बदलियो जब एउटा अमेरिकी स्टार्टअपले टुभालुलाई त्यस .tv डोमेन नेम प्रयोग गर्न पाँच करोड डलर तिर्ने प्रस्ताव गर्‍यो ।

तब १९९८ मा टुभालुले क्यानाडेली व्यक्ति जेसन च्यापनिकसँग उक्त सम्झौतामा हस्ताक्षर गर्‍यो । टुभालुले अधिकार बेचे पनि उनले .tv बिक्री गर्न थाले तर यसले खासै राम्रो काम गर्न सकेन ।

तब १९९९ मा आइडिया ल्याब नामको अर्को कम्पनीले जेसनबाट त्यो कन्ट्रयाक्ट खरिद गर्‍यो र उनीहरुले .tv कर्पोरेसन नै सुरु गरे । त्यो केही वर्षसम्म चल्यो । तब २००१ मा पुन भेरिसाइन नामको एउटा कम्पनी टुभालुमा आयो र उसले त्यो कन्ट्रयाक्ट आफ्नो हातमा लियो । त्यसयता यो कन्ट्रयाक्ट भेरिसाइनसँग नै छ ।

तपाईलाई सुन्दा अचम्म लाग्छ होला बिगत २१ वर्षदेखि टुभालुले ती हरेक वेबसाइटबाट रोयल्टी उठाइरहेको छ जसको युआरएलमा .tv छ । आज टुभालुले कुनै मेहेनत नगरी नै पैसाको वर्षा भइरहेको छ ।

यहाँ न त कुनै किसान छन्, न त कुनै व्यापारी, न त फिसरम्यान टुभालु नाम नै काफी छ आज यस मुलुकलाई सम्पत्ति आर्जनका लागि । आज emmys.tv जस्ता ठूला नेटवर्कले समेत टुभालुलाई एकदमै ठूलो रोयल्टी तिर्ने गरेको छ । विश्वास गर्नुहुन्छ टुभालुको आजको मूख्य आयस्रोत भनेकै यही हो ।

स्टार्टअप जगतमा अत्याधिक सुनिरहने एउटा कथा भनेको : क्यालिफोर्निया सुनको लागि दौडधुप गरिरहँदा बेल्चा चलाउने ती मुलुकहरुले त्यति पैसा कमाएका थिएनन् जति टुभालुले आफ्नो .tv को सम्झौतालाई नवीकरण गर्दा कमाइरहेको थियो ।

२०१९ तिर twitch.tv ले एक अर्ब ५४ करोड अमेरिकी डलर आय कमाएको थियो । यसबीच अन्य ईस्पोर्ट्स तथा भिडियो गेम स्ट्रिमिङ प्लेटफर्महरु युट्युब, हुलु, क्याफी र मबक्रसप्रति मानिसहरुको मोह अझै जागिरहेको थियो ।

उनीहरुको बिजनेस मोडलमा समेत .tv डोमेन नेम आवश्यकता थियो । तब ती सबै कम्पनीको सुरु हुने आधार अर्थात् डिजिटल भूमि भने टुभालुसँग थियो । कोरोना भाइरसको अवधिमा .tv डोमेन नेमको प्रयोग अझै बढेको छ ।

२००१ मा पहिलोपटक डोमेन नेमको लागि भेरिसाइनसँग सम्झौता गर्दा .tv को मूल्यबारे उसलाई थाहा थिएन । तर पाँच करोड डलरमा सम्झौता भएको उक्त डिलको मूल्य आज धेरै माथि पुगिसकेको छ । नेम बायोको अनुसार .tv को डोमेन पछिल्लो पाँच वर्षमा यति धेरै बिक्री भएका छन् शीर्ष १०० वेबसाइटबाट उसले एक अर्ब ४० करोड अमेरिकी डलरभन्दा धेरै रोयल्टी उठाउँछ ।

यही पैसाबाट आज टुभालु संयुक्त राष्ट्रसंघमा जोडिएको छ । सन् २००० सेप्टेम्बरमा टुभालु १८९ औं मुलुक बन्न सफल भयो । आज त्यही पैसाले टुभालुको सडक, विद्यालय बनिरहेका छन् । यसका अन्य टापू भूभागमा विद्युत जोडिएका छन् ।

यस अघि टुभालुको नाम एलिस आइल्याण्ड थियो । यदि त्यही नाम आज पनि थियो भने टुभालु कहिल्यै पनि यस्तो हुने थिएन ।

आफ्नो रणनीतिक बन्दरगाह लोकेसनबाट विश्वको वर्ल्ड क्लास फाइनेन्सियल हब बनेर सिङ्गापुरले जुन कुरा सिद्द गर्‍यो आज टुभालुसँग पनि त्यहीँ अवसर छ ।

इन्टरनेट अघिको विश्वमा टुभालुको भविष्यमा संकट मडारिएको हरेकले देख्थे तर आज यो टापु मुलुकसँग त्यो चिज छ जुन आधुनिक विश्वमा बाँच्नका लागि हरेकलाई आवश्यक छ ।