close

जीमेलबाट यसरी पठाउनुहोस् संवेदनशील ईमेल ?

टेकपाना टेकपाना

भदौ ४, २०७९ ९:३७

जीमेलबाट यसरी पठाउनुहोस् संवेदनशील ईमेल ?

काठमाडौं । जीमेलमा हामीले पठाएका हरेक मेसेज सुरक्षित हुन्छन् भन्ने हुँदैन । यसको अर्थ जीमेलबाट पठाउने सबै मेसेज असुरक्षित हुन्छन् भन्ने पनि होइन ।

इन्टरनेटमा डेटा चोरी हुने जोखिम उच्च हुन्छ । त्यसका लागि हामीले सुरक्षित बाटो अपनाउन सक्छौँ । त्यसैगरी तपाईंले उक्त जीमेलमा पठाएका मेसेज त्यो व्यक्तिले मात्र पाउँछ भन्ने हुँदैन ।

सो व्यक्तिले तपाईंले पठाएको संवेदनशील मेसेज जो कोहीलाई पनि पठाइदिन सक्छ । त्यसैले कस्तो ईमेल कुन व्यक्तिलाई पठाउँदै छु भन्ने कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ ।

प्रयोगकर्ताको संवेदनशील ईमेल सुरक्षित राख्न गुगलले सन् २०१८ मा जीमेलका लागि कन्फिडेन्सियल मोड सार्वजनिक गरेको थियो ।

यो सेटिङका माध्यमबाट कसैलाई मेसेज पठाएको केही समयमा हराउँछ र अन्य प्रयोगकर्तालाई फर्वाड गर्न, कपी गर्न वा डाउनलोड गर्नबाट रोक्छ ।

तपाईंले गुगलको यो फिचर डेस्कटपबाट वा मोबाइलको जीमेल एपबाट प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले कुनै पनि संवेदनशील मेसेज पठाउनुअघि हरेक पटक कन्फिडेन्सियल मोड अन गर्नुपर्ने हुन्छ ।

ब्राउजरमा यसरी अन गर्नुहोस् कन्फिडेन्सियल मोड

  • सबैभन्दा पहिले जीमेलमा जानुहोस् ।
  • त्यसपछि आफूले संवेदनशील ईमेल पठाउन चाहेको व्यक्तिको एड्रेस राख्नुहोस् ।
  • त्यसपछि आफूले पठाउन चाहेको संवेदनशील मेसेज टाइप गर्नुहोस् ।

-त्यसपछि तल एउटा ताला (toggle confidential mode) को आइकन देखिन्छ । त्यसमा क्लिक गरेपछि सबैभन्दा माथि उपयुक्त मिति छान्नुपर्ने हुन्छ ।

-त्यसपछि तल एसएमएस पासकोडको विकल्प रहेको हुन्छ । (यो अन्य देशका प्रयोगकर्ताका लागि उपयोगी हुन्छ । किनभने यसमा नेपालको फोन नम्बर समावेश गर्ने अप्सन छैन ।) त्यसैले यसमा नो एसएमएस पासकोड नै राख्दिनुहोस् ।

  • त्यसपछि सेभ गर्नुहोस् ।
  • त्यसपछि सेन्डको अप्सनमा क्लिक गरेर पठाउन सक्नुहुन्छ ।

फोनमा जिमेल एपबाट संवेदनशील ईमेल पठाउने तरिका

  • सबैभन्दा पहिले फोनको जिमेल एप खोल्नुहोस् ।
  • त्यसपछि आफूले पठाउने व्यक्तिको एड्रेस राखेर पठाउनु पर्ने सन्देश राख्नुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।

-त्यसपछि कन्फिडेन्सियल मोडमा जानुहोस् । 

  • त्यसपछि सेट एक्सपाइरी (Set Expiry) मा गएर ईमेल स्वतः डिलिट हुने मिति छान्नुहोस् ।
  • त्यसपछि माथि सेभको आइकनमा गएर सेभ गर्नुहोस् ।
  • त्यसपछि ईमेल सेन्ड गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४