ट्रेन्डिङ:
ओपनसोर्स सफ्टवेयरका कारण लाखौं वेबसाइटको डेटा जोखिममा धारामा पानी आएन ? अब अनलाइनबाटै गुनासो टिपाउनुहोस् आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल वेबसर्फरको दशैं अफर, १९ हजार रूपैयाँमा दुई वर्षका लागि १११ एमबीपीएस इन्टरनेट र आईपीटीभी आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल सामसङका पुराना फोनमा ब्याट्री फुल्ने दर तीव्र अनर एक्स सिक्स नेपाली बजारमा, प्रि-बुकिङ गर्दा ५०० रूपैयाँमै एयरबड्स पाइने ईसेवाको दशैं उत्सव, रू. १ गेमदेखि निःशुल्क हवाई टिकटसम्म एन्ड्रोइडका लागि ८ उत्कृष्ट ‘टु फ्याक्टर अथेन्टिकेटर’ एप  प्ले स्टोरमा नयाँ अपडेट, अब स्मार्टफोनबाटै अन्य डिभाइसका लागि एप डाउनलोड गर्न सकिने
close

ओपनसोर्स सफ्टवेयरका कारण लाखौं वेबसाइटको डेटा जोखिममा

टेकपाना टेकपाना

भदौ ४, २०७९

ओपनसोर्स सफ्टवेयरका कारण लाखौं वेबसाइटको डेटा जोखिममा

काठमाडौं । ओपनसोर्स सफ्टवेयरमा भेटिएको बगका कारण लाखौं वेबसाइटको डेटा चोरी हुने जोखिम बढेको छ ।

साइबर सुरक्षा कम्पनी डिफेन्स डटकमले गरेको एक अध्ययनमा जीआईटी (Git) नामक ओपनसोर्स प्लेटफर्ममा सुरक्षा कमजोरी भेटिएको हो ।

डट जीआईटी (.git) फोल्डर लुकाइनुपर्नेमा यसो नभई खुल्ला भएको र उक्त फोल्डरमा जसको पनि पहुँज पुग्नसक्ने अध्ययनले बताएको छ ।

जीआईटी सफ्टवेयरभन्दा पनि प्रयोगकर्ताले यो प्लेटफर्मलाई राम्रोसँग प्रयोग गर्न नसक्दा धेरै प्रयोगकर्ताको वेबसाइट जोखिममा परेको अध्ययनमा उल्लेख छ ।

वेबसाइटहरूबाट प्रयोगकर्ताको फोल्डर कसैले पनि डाउनलोड गर्नसक्ने र उक्त फोल्डरमा भएका विवरणमा पहुँच पुर्‍याउनसक्ने बताइएको छ ।

यस्तो प्रकारको फोल्डरमा कोडबेसको हिस्ट्री, पहिले परिवर्तन गरेका कोडहरू, वेबसाइटमा आएका कमेन्टहरू, सेक्युरिटी की लगायत अन्य संवेदनशील पासवर्ड तथा फाइलहरू हुने गर्छन् ।

यसरी ह्याकरले ओपनसोर्स प्लेटफर्म प्रयोग गरेर यी विवरण चोरी गर्नेमात्र नभई वेबसाइटको कोडमार्फत वेबसाइटमा भएका अन्य कमजोरीहरू पनि पत्ता लगाउन सक्छन् । यस्तो फोल्डरमा एपीआई कीहरू पनि हुने गर्छन् ।

अध्ययन अनुसार डट जीआईटीमा भएको तीन लाख ३२ हजार वेबसाइटहरू जोखिममा छन् ।

विभिन्न ओपनसोर्स प्लेटफर्ममध्ये जीआईटी निकै लोकप्रिय प्लेटफर्म हो । यसमा हाल आठ करोड प्रयोगकर्ता छन् ।