close

ट्वीटरमा अब नक्कली र सक्कली अकाउन्ट छुट्याउन सकिने

टेकपाना टेकपाना

भदौ ४, २०७९ १४:११

ट्वीटरमा अब नक्कली र सक्कली अकाउन्ट छुट्याउन सकिने

काठमाडौं । ट्वीटरमा बटको विषयलाई लिएर एलन मस्कसँग विवाद चलिरहँदा कम्पनीले आफ्नो प्लेटफर्ममा सक्कली र नक्कली अकाउन्ट छुट्याउन सहज हुनेगरी नयाँ फिचर ल्याउने भएको छ ।

कम्पनीले ट्वीटरमा ‘भेरिफाइड फोन नम्बर’ नामक फिचर थप गर्न लागेकाे हाे । यसको अर्थ हो, सक्कली ट्वीटर अकाउन्टको प्रोफाइलमा निलो मार्कमात्र नभएर अब भेरिफाइड फोन नम्बर भनेर पनि उल्लेख गरिएको हुनेछ ।

यसका लागि प्रयोगकर्ताले आफ्नो फोन नम्बर ट्वीटरमा लिंक गर्नुपर्ने हुन्छ । हुन त अहिले पनि अकाउन्ट भेरिफाई गर्न फोन नम्बर र ईमेल एड्रेस अनिवार्य छ ।

तर अब भने भेरिफाइड फोन नम्बर भएको स्टाटस प्रयोगकर्ताको प्रोफाइलमा देखिनेछ ।

यसले प्रयोगकर्ताको डेटा सुरक्षामाथि प्रश्न उठाउने भन्दै आलोचना पनि भइरहेकाे छ । यसअघि अगस्ट ५ मा ट्वीटरका ५४ लाख प्रयोगकर्ताको फोन नम्बर र ईमेल एड्रेस चोरी भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४