close

मोबाइलको ब्याट्री लामो समयसम्म टिकाउन चाहनुहुन्छ ? यी ४ तरिका अपनाउनुहोस्

टेकपाना टेकपाना

भदौ ४, २०७९ २१:१९

मोबाइलको ब्याट्री लामो समयसम्म टिकाउन चाहनुहुन्छ ? यी ४ तरिका अपनाउनुहोस्

काठमाडौं । तपाईंले आफ्नाे मोबाइल चार्ज गर्ने तरिकाले पनि यसको ब्याट्री क्षमतामा प्रभाव पारिरहेको हुन्छ । मोबाइलमा सबैभन्दा धेरै आउने समस्या भनेको नै ब्याट्रीमा हो ।

मोबाइल खरिद गरेको केही समयमा यसमा ब्याट्री नटिक्ने, चार्ज गर्न धेरै समय लाग्ने लगायतका समस्या देखिनसक्छ ।

यसका विभिन्न कारणमध्ये गलत रूपमा ब्याट्री चार्ज गर्ने तरिका एक हाे । त्यसैले मोबाइलको ब्याट्री लामो समयसम्म टिकाउन चार्ज गर्दा विशेष ध्यान दिनुपर्छ ।

२० प्रतिशतभन्दा तल गएपछि मात्र चार्ज गर्नुहोस् 

हरेक डिभाइसमा हुने ब्याट्रीको लाइफसाइकल अर्थात् जीवनचक्र हुने गर्छ । हरेक डिभाइस कति पटकसम्म चार्ज गर्दा ब्याट्री बिग्रदैन भन्ने पहिले नै तय गरिसकेको हुन्छ, जुन ३०० देखि १००० पटकसम्म हुनेगर्छ ।

यसैले कुनै पनि डिभाइस चार्ज गर्ने उपयुक्त समय भनेको औसतमा ब्याट्री २० प्रतिशत पुगेपछि हुन्छ । २० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज गर्दा ब्याट्री धेरै समयसम्म टिक्नसक्छ । 

१०० प्रतिशतसम्म चार्ज गर्ने अथवा शुन्य प्रतिशत पुग्नेगरी नराख्नुहोस् 

धेरैजसो प्रयोगकर्ताको बानी मोबाइल रातभर चार्ज गर्ने हुन्छ । पछिल्ला केही स्मार्टफोन ओभरचार्ज हुँदा पनि केही नहुनेगरी बनाइएको हुन्छ । यस्तो सन्दर्भमा यसले केही फरक नपार्न सक्छ । तर सबै मोबाइलमा यस्तै हुन्छ भन्ने हुँदैन ।

यसैले मोबाइल १०० प्रतिशतसम्म होस् भनेर १०० प्रतिशतसम्म चार्जमा राखिरहने अथवा रातभर चार्ज गर्ने कामले पनि ब्याट्री खराब गर्नसक्छ ।

साथै ब्याट्री शुन्य प्रतिशतसम्म पुग्दासम्म मोबाइल प्रयोग गर्नु पनि उत्तिकै खतरनाक हुन्छ । यसले पनि मोबाइलको ब्याट्री बिगार्नसक्छ । 

मोबाइल तात्तिनेगरी प्रयोग नगर्नुहोस् 

धेरैजसो डिभाइसहरूको ब्याट्रीले ७२ डिग्रीसम्मको तातो अथवा चिसो तापक्रम थेग्नसक्छ । ब्याट्रीलाई ९० डिग्रीभन्दा माथिको तापक्रमले बिगार्ने काम गर्छ ।

विशेषगरी गर्मी मौसममा, गाडीमा मोबाइल राख्दा, हातमा बोकेर हिँड्दा पनि ब्याट्री बिग्रने सम्भावना हुन्छ । त्यसैगरी चिसो तापक्रममा राख्दा पनि ब्याट्री बिग्रने सम्भावना उत्तिकै हुन्छ । ७२ डिग्रीभन्दा कम तापक्रम पनि ब्याट्रीको लागि उपयुक्त हुँदैन । 

धेरै चार्ज गरिरहन पर्दैन 

पछिल्लो समयमा कम्पनीहरूले मोबाइल, ल्यापटप लगायतका डिभाइसहरू चार्ज हुने बित्तिकै चार्जिङ अवस्थामा नै रहँदा पनि ओभरचार्ज हुँदैन । तर पनि डिभाइसको ख्याल राख्नु राम्रो कुरा हो ।

यसैले पनि केही हुँदैन भन्दैमा धेरै चार्ज गर्नु पनि राम्राे हुँदैन । डिभाइसमा थोरै चार्ज घट्ने बित्तिकै चार्ज गर्ने अथवा पटक पटक चार्ज गरिरहने धेरैको बानी हुन्छ । तर यसो गरिरहन पनि जरुरी हुँदैन ।

डिभाइसको ब्याट्रीको आफ्नै जीवनचक्र हुनेगर्दा पटक पटक चार्ज गरिरहँदा वा डिभाइस प्रयोगमा हुँदा पनि चार्जमै राखिरहँदा पनि ब्याट्रीमा समस्या आउन सक्छ । 

ध्यान राख्नुपर्ने अर्को कुरा 

ब्याट्री बिग्रदैमा नयाँ मोबाइल खरिद गरिहाल्न जरूरी छैन 

ब्याट्री केही गरी बिग्रिहाल्यो भने नयाँ ब्याट्री राख्न सकिन्छ । कतिपय अवस्था ब्याट्री बिग्रिए पनि डिभाइस राम्रै अवस्थामा हुन्छ ।

यसैले ब्याट्री बिग्रने बित्तिकै नयाँ डिभाइस खरिद गरेर खर्च बढाउनुभन्दा नयाँ ब्याट्री राख्नु उपयुक्त हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४