close

टेलिकमको मोबाइलमा फोन गर्दा सुरुमा किन आइरहेको छ बेग्लै आवाज ?

टेकपाना टेकपाना

भदौ ५, २०७९ १४:३९

टेलिकमको मोबाइलमा फोन गर्दा सुरुमा किन आइरहेको छ बेग्लै आवाज ?

काठमाडौं । केही दिनयता तपाईंले नेपाल टेलिकमको नेटवर्कबाट कल गर्दा फरक टोन सुन्नुभएको हाेला । कल लाग्नुअघि अर्थात् रिङ ब्याक टाेन बज्नुअघि सुनिने आवाज धेरैका लागि अनौठो लागेको हुनसक्छ ।

यसअघि रिङ ब्याक टाेनका रूपमा विभिन्न गीत वा सन्देश सुन्न सकिन्थ्याे । कोभिड-१९ को समयमा सेवा प्रदायकले रिङ ब्याकटोन मार्फत नै कोरोनाबारे जानकारी समेत दिएका थिए । तर, यतिबेला फोन लाग्नुअघि बज्ने टोनको अर्थ फरक छ ।

याे टाेनले फोन गर्दा लाग्ने समय अर्थात् कल सेटअप टाइमलाई दर्शाउने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् ।

‘हामीले एउटा नम्बरबाट अर्को नम्बरमा कल गर्दा लाग्ने समय दर्शाउन खोजको हौं’, अधिकारीले भने, ‘यसअघि कल लाग्ने समय र फोन लागिसकेपछि पनि एउटै टोन रहन्थ्याे । त्यसलाई फरक बनाउन कल लाग्नुअघि नयाँ टोन दिएका हौं । यसले ग्राहकलाई समेत नयाँ अनुभूति प्रदान गर्ने अपेक्षा छ ।’

यसबाट टेलिकमको नेटवर्कबाट फोन लाग्न कति समय लाग्ने रहेछ भनेर ग्राहकले थाहा पाउनसक्ने उनले बताए ।

‘नियमकको मापदण्ड अनुसार कल सेटअपका लागि ५ सेकेन्ड वा त्योभन्दा कम समय हुनुपर्छ । त्यो हुँदा ग्राहक आफैँले मापदण्ड अनुसार सेवा उपलब्ध भएकाे छ कि छैन भनेर यकिन गर्न सक्छन्,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४