close

ग्राहकबाट अत्यधिक रकम असुल गरेको भन्दै सोनी प्लेस्टेसन विरुद्ध ७ खर्ब क्षतिपूर्ति माग

टेकपाना टेकपाना

भदौ ७, २०७९ ११:४६

ग्राहकबाट अत्यधिक रकम असुल गरेको भन्दै सोनी प्लेस्टेसन विरुद्ध ७ खर्ब क्षतिपूर्ति माग

काठमाडौं । ग्राहकबाट अत्यधिक रकम असुल गरेको भन्दै बेलायतमा सोनी प्लेस्टेसन विरुद्ध मुद्दा दायर भएको छ । बेलायतको प्रतिस्पर्धा कानूनलाई उल्लंघन गर्दै ग्राहकलाई धेरै मूल्यमा गेम तथा इन-गेम फिचर खरिद गर्न बाध्य पारेको आरोप सोनी प्लेस्टेसनलाई लगाइएको छ ।

त्यसका लागि पाँच अर्ब पाउण्ड अर्थात सात खर्ब ५५ अर्ब रूपैयाँभन्दा बढी क्षतिपूर्तिको माग गरिएको छ ।

बुधबार अधिकारकर्मी च्याम्पियन एलेक्स नीलको नेतृत्वमा एउटा समूहले कानूनी कारबाहीका लागि बेलायतको पुनरावेदन न्यायाधीकरणमा मुद्दा दायर गरेको हो ।

यसले करिब ९० लाख खेलाडीलाई प्रतिव्यक्ति अनुमानित ६७ पाउण्डदेखि ५६२ पाउण्डबीचमा क्षतिपूर्ति दिलाउनसक्ने जनाइएको छ ।

उनीहरूले सोनी प्लेस्टेसनले बेलायतको प्रतिस्पर्धा कानून उल्लंघन गरेको दाबी गरेका छन् ।

सोनी प्लेस्टेसन गेमको बजारमा सबैभन्दा अघि रहेको छ ।

यसको फाइदा उठाउँदै कम्पनीले प्रत्येक डिजिटल गेम वा इन-गेम खरिदमा ३० प्रतिशत कमिसन लिन गरेको उल्लेख छ ।

त्यतिमात्र नभएर सोनी प्लेस्टेसनको आडमा खेल निर्माता तथा प्रकाशकहरूलाई अनुचित नियम र सर्तहरू लगाएर मूल्यवृद्धि गरी खेलाडीबाट आवश्यकता भन्दा बढी रकम संकलन गरिरहेको दाबी गरिएको छ ।

यसरी खेलाडीले पछिल्लो ६ वर्षमा सोनी प्लेस्टेसनलाई कुल ५ अर्ब पाउण्ड अतिरिक्त भुक्तानी गरेको जनाइएको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४