close

अब सामसङ टिभी नेपालमै एसेम्बल हुने

टेकपाना टेकपाना

भदौ ८, २०७९ १५:१६

अब सामसङ टिभी नेपालमै एसेम्बल हुने

काठमाडौं । अब सामसङका टेलिभिजनहरू नेपालमा नै उत्पादन हुने भएको छ । गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले नेपालमा सामसङको टिभी एसेम्बलिङ उद्याेग सञ्चालन गर्ने भएको हो ।

यसका लागि नवलपरासीकाे भुमहीमा कारखाना खाेलिने छ । बुधबार एक कार्यक्रमका बीच उक्त कारखानाको शिलान्यास कार्य गरिएको छ ।

शिलान्यासका अवसरमा गाेल्छा अर्गनाइजेसनका सञ्चालक शेखर गाेल्छाले अर्काे वर्षदेखि सञ्चालनमा आउने फ्याक्ट्रीबाट प्रतिदिन एक हजार टिभी उत्पादन हुने र दुई वर्षभित्र ५०० बढीलाई रोजगारी दिइने बताए ।

त्यस अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु र सामसङ इलेक्ट्रोनिक्स ग्लोबल अध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत एचके पार्कको समेत उपस्थिति रहेको थियो ।

नेपालमै एसेम्बल गर्दा सामसङ टिभीको मूल्य केही सस्तो हुने अनुमान गरिएको छ । हाल सामसङले आफ्ना साझेदार मार्फत आफ्ना टेलिभिजन, रेफ्रिजेरेटर, वासङ मसिन, माइक्रोवेब, स्मार्टफोन लगायतका सामग्री बिक्री वितरण गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३