close

तपाईंको फोन कहिले बनेको हो ? यस्तो छ थाहा पाउने तरिका

टेकपाना टेकपाना

भदौ ८, २०७९ १८:५१

तपाईंको फोन कहिले बनेको हो ? यस्तो छ थाहा पाउने तरिका

काठमाडौं । के तपाईँलाई थाहा छ, तपाईंको प्रयोग गरिरहेको स्मार्टफोन कहिले बनेको हो ? पक्कै पनि यसबारे जान्न उत्सुक हुनुहुन्छ होला ।

कतिपय अवस्थामा हामीले पुरानो फोन खरिद गर्दा पनि कहिले बनेको हो भन्ने कुरा हेर्नुपर्ने हुन्छ । प्रयोग गरिसकेको फोन पछि खरिद गर्दा त्यसमा केही मूल्यह्रास हुने हुँदा कहिले बनेको भन्ने कुरा जान्न जरूरी हुन्छ ।

सामान्य रूपमा हेर्नुपर्दा फोन कहिले सार्वजनिक भएको भन्ने कुरा इन्टरनेटमा खोजेर सजिलै पाउन सकिन्छ ।

तर, त्यो फोन कहिले सार्वजनिक भएको भन्ने कुरा चाहिँ विल्कुलै फरक पक्ष हो । विशेषगरी फोन सार्वजनिक भएको वर्षको वरिपरि नै फोन निर्माण गरिएको हुन्छ ।

हरेक एन्ड्रोइड फोनका निर्माता फरक-फरक हुने गर्छन् । हामीले यहाँ फोन निर्माण भएको कति वर्ष भयो वा कहिले निर्माण भएको हो भन्ने कुरा जान्ने विभिन्न विकल्पबारे चर्चा गरेका छौँ ।

फोनको सेटिङबाट हेर्नुहोस्

केही फोनले निर्माण गरिएको मिति सेटिङमा नै समावेश गरेका हुन्छन् । फोन निर्माण सेटिङबाट हेर्नुपर्‍यो भने तपाईं सेटिङको ‘about phone’ सेक्सनमा गएर हेर्न सक्नुहुन्छ ।

यो फिचर सबै मोबाइलमा नहुन सक्छ । केही फोनमा उपलब्ध हुने भएकाले हामीले यो विकल्प सुझावका रूपमा दिएका हौँ ।

फोनको बक्स हेर्नुहोस्

केही कम्पनीले फोन कहिले निर्माण गरिएको हो भन्ने कुराको जानकारी फोनको बक्समा समावेश गरेका हुन्छन् ।

उदाहरणका लागि बजारमा पछिल्लो समय आएका वनप्लस र मोटोरोलाको फोनको कभरमा फोन कहिले बनेको भन्ने कुराको जानकारी हेर्न सकिन्छ ।

यदि त्यसमा पनि भेटिएन भने अन्य प्रक्रियाबाट थाहा पाउन सकिन्छ ।

सिरियल नम्बरको कोड प्रयाेग गर्नुहाेस्

एप्पल कम्पनीले फोन कहिले निर्माण भएको हो भन्ने कुरा सिरियल नम्बरमा राखेको हुन्छ । पुराना डिभाइसहरूमा, तेस्रो अङ्कले उत्पादन वर्ष जनाएका हुन्छन् ।

यदि फोनको सिरियल नम्बरको तेस्राे अङ्कमा ९ छ भने त्यो फोन २०१९ मा बनेको भन्ने बुझिन्छ, ० छ भने २०२० र १ छ भने फोन २०२१ मा बनेको भन्ने बुझ्न सकिन्छ । त्यस्तै चौथो र पाचौँ अङ्कले सो फोन बनेको वर्षको हप्तालाई जनाएको हुन्छ ।

नयाँ आएका डिभाइसमा भने केही फरक रहेको छ । नयाँ मोडेलको सिरियल नम्बरमा रहेको तेस्रो अक्षरले फोन कुन वर्षको कुन हप्तामा बनेको भन्ने कुराको जानकारी दिन्छ ।

यदि सिरियल नम्बरको तेस्रो क्रममा ‘सी’ छ भने त्यो २०२० को मध्यमा बनेको भन्ने बुझिन्छ, ‘डी’ छ भने २०२० को अन्त्यमा बनेको भन्ने बुझिन्छ ।

त्यस्तै ‘एफ’ र ‘जी’ले २०२१ को बीचमा बनेको भन्ने बुझाउँछ भने बुझाउँछ । त्यस्तै २०२२ को मध्यमा बनेका फोनलाई ‘एच’ र ‘जे’ले जनाइन्छ । त्यस्तै पाँचौँ अक्षरले कुन हप्तामा बनेको हुन्छ भन्ने जनाउँछ । अन्य फोनमा भने यो प्रक्रिया लागू नहुनसक्छ ।

एप प्रयोग गर्नुहोस्

एन्ड्राेइड फोनको कुनै पनि विवरण थाहा पाउनका लागि गुगल प्ले स्टोरेमा फोन इन्फो सर्च गरेर वा यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुहाेस् ।

अधिकांश एन्ड्राेइड फोनमा यो एपका माध्यमबाट फोन कहिले निर्माण भएको भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

गुगललाई सोध्नुहोस्

माथि दिइएका विभिन्न प्रक्रिया अपनाउँदा पनि फोनको उमेर पत्ता लगाउन सकिएन भने तपाईंले गुगलजस्ता सर्च इन्जिनको सहायता लिन सक्नुहुन्छ ।

सर्च इन्जिनमा तपाईंले फोन कहिले सार्वजनिक भएको भनेर प्रश्न सोध्नुभयो भने सार्वजनिक मिति देखिन्छ । फोन सार्वजनिक भएको वरपर नै प्राय फोन निर्माण गरिएको पाइन्छ । यसबाट पनि आफ्नो फोनको उमेर पत्ता लगाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३